समाजको तीव्र गति

- साप्ताहिक संवाददाता

असार २६, २०७६

पृथ्वीमा बसोबास गर्ने हरेक समाजको आ–आफ्नै रीतिरिवाज, भाषा, संस्कृति, परम्परा एवं चलनहरू छन् । यस्ता कतिपय परम्पराले सम्बन्धित समाजको उत्थान र पतनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उदाहरणका लागि अर्को धर्मकी छोरी विवाह नगर्ने तर आफ्नी छोरी दिने पारसी समुदाय अहिले भारतको गुजरात र मुम्बईमा सीमित छन् । मूल थलो इरान (पर्सिया) मा अहिले पारसी समुदायको अस्तित्व कुनै छैन । 

अर्कातर्फ बढ्दो जनसंख्या नियन्त्रण गर्ने विश्व स्वास्थ्य संगठन र विश्व परिवार नियोजन संघको निर्णय लत्याउँदै आएको इस्लामिक समाज भने तीव्र गतिले बढिरहेको छ । मुसलमानहरू अहिले पनि जनसंख्या नियन्त्रणको पहिलो उपाय बन्ध्याकरणलाई स्वीकार गर्दैनन् र उनीहरू आफूले जन्माउने सबै सन्तानलाई ईश्वरको वरदान मान्छन् । 

द फ्युचर अफ वर्ल्ड रेलिजन्स : पपुलेसन ग्रोथ प्रोजेक्सन २०१०–२०५० का अनुसार मुस्लिम समाजको जनसंख्या वृद्धिदर सबैभन्दा बढी छ । २०१० देखि २०५० को ४० वर्षको अवधिमा मुसलमानहरूको जनसंख्या ७३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । मुस्लिम समाजमा यस्तो वृद्धिदर सबैभन्दा बढी नाइजेरिया, इन्डोनेसिया, बंगलादेश तथा पाकिस्तानमा देखिनेछ । 

त्यसपछि इसाईहरूको जनसंख्या वृद्धिदर सोही अवधिमा ३५ प्रतिशतले हुनेछ भने हिन्दूहरूको जनसंख्या वृद्धिदर ३४ प्रतिशत रहनेछ । चौथो नम्बरमा यहुदीहरू छन् । प्रक्षेपणअनुसार उल्लेखित अवधिमा उनीहरूको जनसंख्या १६ प्रतिशतले बढ्नेछ । यस्तो वृद्धिदर सबैभन्दा कम बौद्ध समुदायको रहनेछ । प्रक्षेपणअनुसार बौद्धहरूको जनसंख्या सन् २०५० सम्ममा शून्य दशमलव ३ प्रतिशतले घट्नेछ । घट्दो क्रममा रहेको समुदायमा जैन पनि छ । 

प्रकाशित :असार २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्