भारतको जर्सी विवाद

- साप्ताहिक संवाददाता

असार २१, २०७६

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप प्रारम्भ हुनुअघि नै नियम बनाएको थियो, प्रतियोगितामा खेल्ने दुई टिमको जर्सीको रंग जुध्यो भने एउटा टिमले फरक रंगको जर्सी लगाउनुपर्नेछ । यसलाई अवे–किट भनिएको छ । प्रतियोगितामा सहभागी १० टिममध्ये भारतसँगै आयोजक इंग्ल्यान्ड, श्रीलंका तथा अफगानिस्तानको जर्सीको रंग लगभग उस्तै छ ।

यस्तोमा इंग्ल्यान्ड र भारत खेल्दा अवे–किटको अवधारणा अर्थात् पाहुना टोलीले जर्सी फेर्नुपर्ने नियमअन्तर्गत भारतले केशरी रंगको मिश्रित जर्सी लगायो । भारतीय टिमको उक्त जर्सीले ठूलै विवाद सिर्जना गर्‍यो । त्यसमा प्रयोग गरिएको रंग केशरी थियो र त्यसकारण यो विवाद देखिएको थियो । विशेष गरी भारतका विरोधी राजनैतिक दलहरूले यसमा आपत्ति जनाए । त्यसको कारण के थियो भने भारतमा सरकार चलाइरहेको भारतीय जनता पार्टीले पूरा देशलाई आफू अनुकूल बनाउन खोज्दैछ ।

उक्त पार्टीको आधिकारिक रंग केशरी नै हो भने उसका अधिकांश कार्यकर्ता केशरी रंगकै पहिरन लगाउँछन् र यसका पछाडि धार्मिक कारण पनि छ । सरकारविरोधी भारतीयहरूले उक्त जर्सीमा आपत्ति मात्र जनाएनन्, त्यही जर्सीकै कारण भारत इंग्ल्यान्डविरुद्धको खेलमा पराजित भएको दाबीसमेत गरे ।

प्रकाशित :असार २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्