फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?

- भूतको भिनाजु

असार २०, २०७६

 

चार इन्चको कट्टु लाउने मैयाँको नाम सभ्यता रे ।

विश्वास अनि भरोसा सबै गुमाइसकेपछि भन्छे ऊ— ‘प्लिज गिभ मी अ चान्स’ ।

यात्रा गर्दा साइडको सिटमा परीजस्ती केटी पर्नी त फिल्ममा मात्र रै’छ, रियलमा त उल्टी गर्ने आन्टी मात्र हुने रै’छिन् ।

जिन्दगीलाई त अपडेट गरिसकें, अब गर्लफ्रेन्डलाई कसरी इन्स्टल गर्ने ? 

बिहे त पाँच–सात वर्ष जेठी केटीसँगै गरिन्छ । मैले आफ्नो उमेर गुमाउँदै जाँदा उसको पनि दृष्टि गुम्दै जाओस् न । 

छोरो मान्छे हुँ, बरु चौताराको मादल बजाएर हिँडिन्छ, तर भिरेर हिँड्ने बानी छैन । 

सबैको जोडी भगवान्ले माथिबाटै बनाएर पठाउँछन् रे । आफ्नी चााहिँ अहिलेसम्म भेटिन्न, भगवान्ले माथिबाट फाल्दा नै थचारिएर मरिछे कि क्या हो !

केटीहरू साह्रै लोभी हुन्छन्, आफ्नो थर चलाउन लोभ गरेर बूढाको थर चलाउँछन् । 

परीक्षाका लागि केही सम्झिन्छु कि भनेर बदाम खा’को, अघिल्लो जन्मको लभ स्टोरी याद आएर तनाव दियो भन्या, क्यार्ने होला अब ? 

जब केटीहरूले आफ्नो फोटो ६/७ पटक फिल्टर गर्छन् नि तब त्यो एप पनि भन्न थाल्छ— दिदी सरी, म योभन्दा बढी धोका चैं दिन सक्दिनँ है । 

दुःख त त्यतिबेला लाग्छ, जब होलीमा आफूले सिन्दूर हालेकी केटीलाई मंसिरमा अर्कैले बेहुली बनाएर लान्छ ।

डरपोक हुन तिनीहरू, जो प्रेम गर्दैनन् । यार, निकै हिम्मत चाहिन्छ बर्बाद हुनलाई पनि । 

तिमीलाई भेटेसी त आनन्द भयो, आनन्दको बाउले आनन्दको आमालाई भनेको रे । 

ससुरा ः ६ वर्षमा ६ वटा बच्चा, के गरेको यस्तो ?

ज्वाइँ ः मैले पहिले नै भनेको होइन तपाईंलाई, म गरिब छु, तर तपाईंको छोरीलाई खाली पेट राख्दिनँ भनेर । 

आज चाहे जति नै महँगो ब्रान्डेड जुत्ता लगाउनुस्, तर त्यस्तो फिलिङ्स कहिल्यै आउँदैन, जुन बाल्यकालमा पीं–पीं बज्ने खालको जुत्ता लगाउँदा आउँथ्यो ।

नाम त उसको खुस्बु थियो तर एकदम नमीठो अपनवायु छाडेर गई । 

आज फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?

यी सोझा केटाहरू सिंगल बसेर हो के, हामी फटाहा केटाहरूले दुई–तीनवटी गर्लफ्रेन्ड बनाएर ब्यालेन्स मेन्टेन गर्नुपरेको । 

एक दिन रावणलाई भगवान्को अदालतमा लगिएछ अनि भगवान्हरूले रावणलाई गीतामाथि हात राख्न भनेछन्, तर रावणले भनेछन्

ः सीता माथि हात राख्दा त यति ठूलो समस्या आयो, अब फेरि गीता माथि किन हात राख्ने ?

लामो समयदेखि यसरी सिंगल भइयो कि आजकल त कपल शब्दलाई नि कपाल उच्चारण गर्न पुग्छु ।

बाइक छिटो कुदाउँदा 

विदेशमा ः wow ! he is an amazing rider.

नेपालमा ः कहाँ गएर लडेर मर्छ नि । के साह्रो हाँक्या हो ? 

भोलि गणितको परीक्षा छ । Find the value of X भनेर आयो भने हिसाबै नगरी सिधै रु. १५०० लेख्दिने हो । 

राति गर्लफ्रेन्डसँग कुरा गर्दा हेडफोन लगाएर कुरा गर्‍यो, बिहान त शिवजीको घाँटीमा सर्प बेरिएझैँ बेरिएर बस्छ । मायाले ज्यानै पो लिन्छ कि भन्ने पीर भो हनुमानजी !

पब्जीको आर्मी र टिकटककी हिरोइनबीच बिहे भो भने, घरको कामचाहिँ कसले गर्छ होला ?

प्रकाशित :असार २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्