रोपाईको उल्लास

  • धान दिवसको सुरुवात

- त्रिचन्द्र प्रतीक्षा

असार १५, २०७६

तस्बिरहरू : कान्तिपुर फोटो विभाग

धान दिवसको सुरुवात

असार १५ गतेलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न वि.सं. २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघसमक्ष अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट वि.सं. २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको धान विज्ञ भोलामानसिंह बस्नेत बताउँछन् ।

मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै निर्भर हुन्छ । विश्वका १ सय १४ मुलुकमा धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो भने त्यसपछि क्रमशः भारत, इन्डोनेशिया, बङ्गलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल तथा जापान छन् ।

विश्वको जनसंख्याको आधा अर्थात् साढे ३ अर्ब मानिसको मुख्य खाना चामल हो भने ९० प्रतिशत धान एसियामा उत्पादन हुन्छ । 

कृषि विभागका अनुसार नेपालमा करिब १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती भैरहेको छ ।

संसारकै सबैभन्दा उच्च स्थानमा धानखेती हुने नेपालको जुम्ला जिल्लाको छुमचौर हो जहाँ जुम्ली मार्सी जातको धानखेती लगाइन्छ ।

प्रकाशित :असार १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्