पानीभित्र रेस्टुराँ 

- साप्ताहिक संवाददाता

असार १४, २०७६

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले रात समेत बिताउन सक्ने व्यवस्था छ ।

समुद्र मुनी ३४ मिटर लामो तथा १५ मिटर चौडा काँचको पर्खाल निर्माण गरेर तयार पारिएको यो रेस्टुराँको माथिल्लो भाग एउटा सडक मार्फत मुख्य भूमिसँग जोडिन्छ ।

काँचको पर्खाल लगाइएका कारण त्यहाँ पुग्ने ग्राहकले समुद्री जीवजन्तुहरूको अवलोकनसमेत गर्न सक्छन् । यसअघि माल्दिभ्समा यस्तै अन्डर वाटर रेस्टुराँ तथा होटल खुलिसकेको छ ।

प्रकाशित :असार १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्