एसईईपछि विदेश पढ्न जान नपाउने नियम कस्तो लाग्यो ?

- साप्ताहिक संवाददाता

असार १४, २०७६

कुनै पनि व्यक्तिले आफ्नो चाहना र योग्यताअनुसार स्वतन्त्र रूपले अध्ययन गर्न पाउँछ । कसैले म अलिकति फरक किसिमले अध्ययन गर्न चाहन्छु भन्छ र सबै प्रक्रिया पूरा गरेर विदेश जान खोज्छ भने उसलाई जबरजस्ती रोक्ने अधिकार सरकारसँग पनि छैन । उच्च शिक्षाका धेरै विधा नेपालमा उपलब्ध पनि छैनन् । जुन विधा नेपालमा छँदै छैन त्यो विषय अध्ययन गर्नै नपाउने त ? ती विषय अध्ययन गर्न सम्बन्धित शैक्षिक संस्था अनि देशले अनुमति दिन्छ भने प्रक्रिया पुर्‍याएर जहाँसुकै जान पाउनुपर्छ ।

पवन घिमिरे 

पिँडालुजस्तो, विदेश नगै कसले ख्वाउँछ दाना पानी ? सरकारमा बसेकाहरू अर्बौं झ्वाम पार्छन्, गरीब–गुरुवाहरू विदेश नगएर के गरून् त ?

थापाकी छोरी 

साह्रै नराम्रो, देशमा पहिले रोजगारीको न्यूनतम व्यवस्था हुनुपर्छ, त्यसपछि मात्र यस्तो कदम चाल्नु उपयुक्त हुन्छ । देशको अर्थतन्त्र रेमिट्यान्सले नै चलिरा’छ, देशको अर्थतन्त्रको त्यो पाटो नसुल्झए देश डुब्ने खतरा हुन्छ । 

सुवराज घर्तीमगर 

एकदम ठीक । 

विजय 

ठीक हो । अपरिपक्व उमेरमा विदेश गएर दुःख पाउनुभन्दा यतै रोकिदियो भने सरकारलाई पनि ढुक्क । कसैको गुनासो वा रोना–धोना पनि सुन्नु नपर्ने ।

माष्टर जेवी गाउँले 

राम्रो होइन । अब आफ्नो देशको शिक्षा पढेर आफ्नै देशको विकास गर्नुपर्छ । 

डा. हड्डी 

राम्रो हो नि यता बसेर बाउ आमालाई नटेरी मात्तिएर हिँड्नेहरू उता गएपछि तै बिसेक हुन्छन्– हाम्रो च्या पसलमा आउने बाले भन्या ।

साइलेन्ट जोन 

विदेश जाने भनेका हुने खानेका छोराछोरी हुन्, अब यति भैदियो र जान पाएनन् भने ती बाउ– आमाले नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन पक्कै कदम चाल्नेछन् र त्यसो गर्न सक्षम भनेका पनि उनीहरू नै हुन् ।

सुनिल निरौला 

विरोध गरौं विरोध । यही हो विरोध गर्ने अर्को अवसर ।

मुकेश वस्ती 

राम्रो हो, विदेश पढ्न जाने नै हो भने स्नातक सकेर चैँ जान पाउने व्यवस्था गर्नुपर्छ । 

टी–प्रकाश राई 

हावा निर्णय । सरकारले पहिले सोलुसन निकाल्नुपर्‍यो अनि कानुन बनाउनुपर्‍यो । सरकार आफू गर्न केही नसक्ने खाली हावा कानुन मात्र बनाएर हुन्छ ? 

बाबु सन्जय

सही, ग्रेट भन्नेहरू सबै यूएसए, अस्ट्रेलिया जान पाउने हो भने आफ्नो खेतबारी बेचेर भए पनि जान तयार हुन्छन् । साथीहरू व्यवहारिक हुनुहोस् । रियालिटी लुकाएर बाहिर सद्धे बन्न नखोज्नुहेस् । 

सचिन घर्तीमगर 

विदेश पढ्न जान पाउनुपर्छ । विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्नुपर्छ । 

दीपेन्द्र परदेशी 

ढिला आयो तर कडा आयो । 

नवीन संकल्प 

विदेश गएर पढ्ने र ३/४ वर्ष काम पनि गर्ने, त्यसपछि चाहिँ देश फर्किएर आउनुपर्ने नत्र नागरिकता नै रद्द हुने नियम भए देशको प्रगति हुन्थ्यो कि ? 

रविशरण श्रेष्ठ 

सरकारको ८, ९ र १० मा कोरियन, जापनिज, चाइनिज र हिब्स भाषा पढाउने अनि ११ र १२ मा आइएल्स पढाउने योजना छ कि कसो ? 

तीरुपाक 

एकदम सही निर्णय । 

भुवन श्रेष्ठ 

धेरै राम्रो, कम्तीमा आधारभूत शिक्षा नेपालमै हुँदा आफ्नो देशका बारेमा धेरै कुरा बुझ्छन् । 

युके शर्मा 

एसईईलाई धेरै देशमा मान्यता छैन । विद्यालय शिक्षा भनेको १२ उत्तीर्ण गर्नु हो । त्यतिन्जेल विद्यार्थीको शारीरिक, मानसिक तथा अन्य विभिन्न पक्ष थोरै भए पनि विकास भैसकेको हुन्छ । त्यसैले, एसईईलगत्तै विदेश अध्ययनका लागि जान नदिनु राम्रो हो । कम्तीमा केही वर्ष देशमै पढेर देशलाई राम्रोसँग बुझ्छन् ।

उज्ज्वल शाही 

प्रकाशित :असार १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्