जाइरा गीत आँखैले बोल्छ

- साप्ताहिक संवाददाता

असार १३, २०७६

आउँदो भदौ ६ गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘जाइरा’को गीत रिलिज गरिएको छ । एक्सन–लभस्टोरी जनरामा निर्मित चलचित्रे ‘आँखैले बोल्छ’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा सन्तोष लामाको स्वर, कल्याण सिंहको संगीत र रवि मल्लको शब्द रहेको छ । गीतको भिडियोमा चलचित्रका शिर्ष कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् । 

 

बिहीबार राजधानीको ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा नम्रता र अनुपले स्टेजमा नृत्य समेत प्रस्तुत गरेका थिए । कोरियोग्राफर गोविन्द शाहीले चार दिन लगाएर दुईलाई स्टेजका लागि नृत्य सिकाएका थिए । 

पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी अभिनेत्री नम्रताले यस चलचित्रमा मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन् । मार्शल आर्ट सिक्न उनले ८ महिना तालिम लिएकी थिइन् । यो चलचित्र आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । 

चलचित्रमा नम्रता र अनुपका साथमा प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकाम रहेर अभिनय गरेका छन् । 

गीतको भिडियो :

 

प्रकाशित :असार १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्