मोडलको मोबाइल टिप्स 

- साप्ताहिक संवाददाता

असार १३, २०७६

केकी अधिकारी, वर्षा राउत, वर्षा शिवाकोटी, सारा शिर्पाइली आदि अभिनेत्रीहरूसँग झन्डै एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरूमा अनस्क्रिन रोमान्स गरिसकेका मोडल रवि सिंह चलचित्रमा पदार्पण गर्ने तयारी गर्दैछन् । हिमाल सागरको ‘नआउ तिमी..’ गीतबाट सर्वोत्कृष्ट मोडलका रूपमा चारवटा एवार्ड समेत जितेका सिंह अभिनयका साथै युवा मोबाइल व्यवसायीका रूपमा समेत सक्रिय छन् । साप्ताहिकका लागि उनले मोबाइल सम्बन्धि केही टिप्स यसरी दिएका छन् :

    धेरैभन्दा धेरै सुविधा भएका मोबाइल बोक्नु उपयुक्त हुन्छ ।

    युवापुस्ताले १० हजारदेखि ३० हजार रुपैयाँसम्मका ब्रान्डेड मोबाइल बोक्नु उपयुक्त मानिन्छ । 

    सस्तो पाइयो भन्दैमा लोकल मोबाइल बोक्नु राम्रो होइन, सस्तो मोबाइलले स्वास्थ र पैसा दुवैलाई हानी पुर्‍याउँछ । 

    युवतीहरूले रातो वा पिंक तथा युवकहरूले कालो वा नीलो रंगको मोबाइल बोकेको सुहाउँछ । 

    मोबाइल छनोट गर्दा प्रोसेसर हाइ भएको, बढी र्‍याम भएको, ब्याट्रिको लाइफ बढी भएको तथा स्टोरेज पनि बढी भएको मोबाइल लिनुपर्छ ।

    मोबाइललाई पानीबाट जोगाउनै पर्छ । फुट्नबाट जोगाउन सकियो भने त सुनमा सुगन्ध नै भैहाल्यो । 

    अहिले मोबाइलको पनि बिमा गर्ने प्रचलन छ । बिमा गर्न सकियो भने ड्यामेज हुँदा पनि राहत पाइन्छ । 

    मोबाइलमा टेम्पर ग्लासको प्रयोग अनिवार्य नै छ । सकेसम्म हार्ड कभर गरेको राम्रो । 

    मोबाइललाई कम्तीमा एकदेखि दुई घण्टा चार्ज गर्दा पुग्छ, रातभरी चार्ज गरेर मोबाइलको ब्याट्रीको आयु घटाउनु हुँदैन । 

    बेला–बेलामा मोबाइल सफा गरिरहनुपर्छ । त्यसका लागि सहरमा खुलेका सुविधासम्म सर्भिस सेन्टरहरूको सेवा लिन सकिन्छ ।

 

प्रकाशित :असार १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्