गायक हेमन्तको माया बस्यो 

- साप्ताहिक संवाददाता

असार ११, २०७६

गायक हेमन्त रानाको ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक भएको छ । ‘साईली’को सफलताको लामो समय पछि गायक रानाले आफ्नै शब्द संगीतमा ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा विशाल पौडेलको संगीत संयोजन रहेको छ । 

माया प्रेमको भाव बोकेको गीतको म्यूजिक भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठले र  रुबिन प्रधानले खिचेका हुन् । 

यसै गरी गीतको भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति रहेको छ । एक चोटि देख्दैमा अनि यथार्थ नबुझेरै माया बसेको सोच्ने आजका युवापुस्ता माथिको मिठो व्यङ्ग्य समेटेर गीतको भिडियो निर्माण गरिएको छ ।

‘माया बस्यो है’को म्यूजिक भिडियो :

 

प्रकाशित :असार ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्