विज्ञापनमा पाकिस्तानको आपत्ति

- साप्ताहिक संवाददाता

असार १०, २०७६

स्टार स्पोर्टसले प्रशारण गरेको भारत र पाकिस्तानबीचको खेलका क्रममा धेरै विज्ञापन बजे । सबैले एउटा तथ्य के पनि याद गरेको हुनुपर्छ भने तीमध्ये अधिकांश विज्ञापन कुनै न कुनै रूपमा भारतीय टिमको समर्थनमा देखिन्थे ।

यतिसम्म त ठीकै थियो, तर एउटा विज्ञापनले पाकिस्तानी टिमप्रति देखाएको हेपाहा व्यवहारमा भने धेरैले चित्त बुझाउन सकेनन् । उक्त विज्ञापनमा भारतीय समर्थकलाई पाकिस्तान समर्थकको बुबा (हिन्दीमा बाप) का रूपमा चित्रण गरिएको छ ।

यसैलाई लिएर फाकिस्तानी क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल (आईसीसी) समक्ष औपचारिक रूपमै गुनासो गरेको छ । यो विषयमा आईसीसीले स्टार स्पोर्टससँग सोधपुछ गर्ने आश्वासन दिएको बताइन्छ । 

प्रकाशित :असार १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्