३३ वर्ष पुगे पनि बिहे नगर्ने ! 

- साप्ताहिक संवाददाता

असार ९, २०७६

अधिकांश अभिनेता तथा अभिनेत्री आफ्नो वास्तविक उमेर सार्वजनिक गर्न रुचाउँदैनन् । उनीहरूलाई वास्तविक उमेर सार्वजनिक गर्दा आफ्नो क्रेज घट्ने डरले सताएको हुनुपर्छ । त्यसैले पनि उनीहरू बर्थडेको केक काट्दा समेत आफ्नो वास्तविक उमेर सार्वजनिक गर्न हिच्किचाउँछन् ।

यो प्रसंगमा अभिनेत्री नम्रता श्रेष्ठ भने बहादुर सावित भएकी छिन् । हरेक वर्षको जेठ ३१ गते आफ्नो जन्मदिन मनाउँदै आएकी अभिनेत्री श्रेष्ठको यसपटकको बर्थडे विशेष रह्यो । बर्थडे पारेर ज्ञानेश्वरमा आफैंले सञ्चालन गरिरहेको एटिक बारमा आफैंले निर्माण तथा अभिनय गरेको चलचित्र ‘जाइरा’ को पोस्टर सार्वजनिक समारोहमा अभिनेत्री श्रेष्ठले आफ्नो उमेर सार्वजनिक गरिन् ।

बर्थडे केक काटेपछि सञ्चारकर्मीले उनको उमेरका सम्बन्धमा जिज्ञासा राखे । नम्रताले पनि नढाँटी भनिदिइन्–‘आजदेखि ३२ पूरा भएर ३३ लागें ।’ उनको जवाफ भुईँमा खस्न नपाउँदै अर्को एउटा प्रश्न तेर्सियो–‘अब विवाह गर्ने बेला भएन र ?’

नम्रताले कूटनीतिक जवाफ दिइन्—‘म अहिले नै विवाह गर्ने सोचमा छैन ।’ नम्रताले अझ केही स्तरीय चलचित्रमा अभिनय गरेपछि मात्र विवाहका सम्बन्धमा सोच्ने कुरा बताइन् । नम्रता अहिले पर्यटन व्यवसायी दावा शेर्पासँगको प्रेममा भएको बताइन्छ । 

प्रकाशित :असार ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्