नेपाली सिनेमा भनेपछि  किन नाक खुम्च्याइन्छ ? 

- साप्ताहिक संवाददाता

असार ९, २०७६

 

सधैं त्यही रोनाधोना, त्यस्तै कथा, फिल्मको नाम मात्र अलग । नयाँपन भन्ने केही छैन अनि हेर्न पनि कसरी मन लागोस् त ?

सुरज बान्तवा 

कतै ओभर एक्टिङ त कतै कथा उछिट्टिएर कतै भाग्ने । अनि नाक नखुम्च्याएर के गर्ने त ? 

सुजन श्रेष्ठ 

अब त डर लाग्न थाल्यो गाँठे ! कतै नेपाली मुभी राम्रो छैन भनिइहालियो भने हनुमानढोकामा जाक्लान् भन्ने डर भो । बरु नेपाली फिल्म नै नहेर्नु बेस । 

पिन्सा शेर्पा लक्की 

जमाना कहाँ पुगिसक्यो, त्यही पहिले गाउँघरतिर नाटक देखाको पाराले फिलिम बनाएपछि नाक–निधार सबै खुम्चिहाल्छ नि । 

आशिष मोक्तान 

अभिनय र निर्देशन त ठिकै हो, बिस्तारै सुध्रिन्छ तर फिलिमको कास्टिङ नै झुर हुन्छ, कलाकारहरूको चयन पटक्कै मिलेको हुँदैन, कसरी हेर्नु ?

मोहन केएच

जबसम्म भिलेनले हिरोलाई ‘को होस् तँ’ भन्दा हिरोले ‘तेरो बाउ’ भन्ने प्रकृतिका संवाद रहन्छन्, तबसम्म नेपाली फिल्मको हालत यस्तै हो । 

मनोज अधिकारी 

झोले पत्रकारहरूको ब्याड रिभ्युले गर्दा हो । 

राजेन्द्र श्रेष्ठ 

नायक भनेको त समाज परिवर्तन गर्ने, समाजका दुष्टहरूलाई जरैदेखि नष्ट गर्ने व्यक्ति हो तर यहाँ त नायकको काम नायिका फकाउने मात्र हुन्छ ।

लभ सन 

जे–जस्तो भए पनि नेपाली सिनेमालाई माया त गरिन्छ तर जुनसुकै सिनेमामा पनि बलात्कारको सिन हुन्छ । त्यस्ता चलचित्र परिवारसँग बसेर हेर्न लायक हुँदैनन्, त्यसैले होला । 

धीरज कार्की 

नेपाल गरिब भयो, नेपाली गरिब भए, पहिले खान–लाउन पुग्नुपर्छ । त्यसपछि मात्र मनोरन्जनको कुरा आउँछ । वाहियात फिल्म हेरेर पैसा र समय कसले बर्बाद गर्छ ? 

हँसाउने मान्छे 

क्वालिटी छैन । कथा त तिनै हुन् जताका पनि । उही कथामा बलिबडबाट कस्ता जोडदार प्रस्तुति आउँछन तर हाम्रो ...? त्यही गुणस्तर दिन नसक्नु नै नाक खुम्च्याउनुपर्ने बाध्यता हो ।

मास्टर जेबी गाउँले 

न राम्रो कथा, केवल ट्रेलर र टाइटल सङले मात्र मानिसहरूलाई सिनेमा हलसम्म आकर्षिक गर्छ । हामी जनता पनि विदेशी कुरा बढी हेर्छौं, त्यहींको पहिरन कपी गर्छौ । अब हलिउड–बलिउड सिनेमासँग नेपाली सिनेमाको तुलना कसरी गर्न सकिन्छ र ?

एडी सुमन 

राज्यले चलचित्र क्षेत्रमा उचित लगानी नगरेर पनि हो । राज्यले चलचित्रकर्मीहरूलाई हौसला दिन फिल्म क्षेत्रमा लगानी गर्नुपर्छ । उचित नीति–नियम ल्याउनुपर्छ । दलीय आधारमा पद बाँडफाँड गर्नु हुँदैन । हाम्रा कतिपय चलचित्र प्रशंसनीय पनि छन् ।

किशोर पुमा राई 

कथा, निर्देशन र छायांकन बीच तालमालनमिल्नु हो खासमा । 

सुवेदी मनी 

पैसाजति हिरोलाई, त्यो पनि जसलाई अभिनय के हो था’छैन अनि कथाचाहिँ अर्कै फिल्मबाट साभार । अब एकचोटी हेरिसकेको फिल्म फेरि किन हेर्नु ?

प्रोग्रेस श्रेष्ठ

कथा हुन्छ पूरै हिन्दी फिल्मको नक्कल, अभिनय हुन्छ बाख्राको पाठो उफ्रिएजस्तो । सहरलाई मात्र केन्द्र बनाएर सम्पन्न परिवारका छोराछोरीको मात्र प्रेम–कहानी प्रस्तुत गरिन्छ, त्यो पनि त्रिकोणात्मक । नाच्न जान्नु छैन, हिरो–हिरोइन रे, अनि कहाँ हेर्नु त यस्ता झारपात फिल्म । 

दीपक तामाङ 

अब हलिउडको त कुरै छोडौं, त्यही बलिउड चलचित्रको विषयवस्तुसमेत कस्तो युनिक र फरक भैसक्यो । हामी भने प्रायः सधैं एकै खालको अक्कलबिना नक्कल गर्नेतिर लाग्छौं अनि कहाँ हुन्छ त ? हाम्रा यहींका अर्ग्यानिक विषयवस्तुहरूमा राम्रो रिसर्च गरेर फिल्म बनाउनु पर्‍यो नि । 

अमित भट्टचन 

सामान्य कथा त्यसमा फितलो प्रस्तुतीकरण । सायद लगानी अभावले होला, फिल्म हेरेपछि रियलजस्तो लागोस्, त्यो पनि हुँदैन । एक त नेपालमा मुख्य सहरबाहेक अरू ठाउँमा हल पनि छैनन्, अर्को हलसम्म पुगेर फिल्म हेर्ने चलन पनि छैन । पहाडी भू–भागमा फिल्म हेर्ने–घुम्ने वातावरण नै हुँदैन, त्यसैले मानिसहरू हलसम्म पुग्दै–पुग्दैनन् । 

प्रेम पोर्तेल 

विषयवस्तु गहकिला हुँदैनन्, डायलग पनि कसले लेख्छन् त्यस्तो ? अरूलाई शिक्षा–दीक्षा दिएको चलचित्र कहिलेसम्म हेर्ने ?

प्रेम पुनमगर

प्रकाशित :असार ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्