चुरोटभन्दा खतरनाक अगरबत्ती

- साप्ताहिक संवाददाता

असार ९, २०७६

 

पूजाआजा तथा कुनै सांस्कृतिक कार्यक्रममा अगरबत्ती प्रयोग गरिन्छ । यसको प्रयोग पूजापीठमा धेरै पहिलेदेखि नै हुँदै आएको छ । कतिपयले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्छन् ।

धेरैलाई अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ भन्ने जानकारी नहुन सक्छ । नकारहरूका अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ । यसबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर हुने खतरा बढाउने तथ्य पत्ता लागेको छ ।

अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने धारणा चिकित्सकहरूको छ ।  

प्रकाशित :असार ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्