हतुवागढीमा बृहत् साहित्य कला उत्सव

- रमेशचन्द्र अधिकारी

असार ७, २०७६

 

असारमा पनि भुइँकुहिरोका कारण त्यहाँको परिवेश चिसो थियो । भोजपुरको दक्षिणी क्षेत्र घोरेटार हतुवागढीस्थित फलामढुंगाको चिसो मौसमलाई त्यहाँ प्रस्तुत गरिएका गीत, नृत्य तथा साहित्यिक जमघटले खुबै तताए । 

हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा चार दिन चलेको बृहत् कला साहित्य महोत्सवमा सयौं सर्वसाधारणको उपस्थिति थियो । उक्त अवसरमा नेपालमा विभिन्न जिल्लाका साथै भारतीय कलाकार तथा साहित्यकारहरू समेत भेला भएका थिए । यो महोत्सवमा स्थानीय स्तरका कलाकार तथा हतुवागढी क्षेत्रमा जन्मिएर मुलुकमा स्थापित कला, भाषा एवं संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरू सहभागी थिए । कार्यक्रमस्थल आसपासका घोरेटार, रानीबास, पूर्णे, वयाङ् सिन्द्राङ आदि स्थानबाट पुगेका सर्वसाधारणले खचाखच भरिएको थियो । 

उक्त अवसरमा आयोजित प्रतियोगितात्मक कविता प्रतियोगितामा नेपाल तथा भारतका २ सय ५ जना कवि सहभागी थिए जसमा सुर्खेतका विज्ञानराज कार्की पहिलो भए । उनको मौन प्रश्न शिर्षकको कविताले पहिलो स्थान हात पारेको हो । प्रतियोगितामा तेह्रथुमका कवि इन्दु केसीको कफनमा फिरेको देशले दोस्रो स्थान प्राप्त गर्‍यो । भोजपुरका कवि यादव समिर राईले तेस्रो स्थान प्राप्त गरे । कार्यक्रममा अतिथी कवि कुन्ता शर्मा, मायामितु न्यौपाने, राजेश विद्रोही, श्रीशिशा राई, रमेश अधिकारी आदिले कविता वाचन गरेका थिए । 

उक्त अवसरमा गायिका लिला राई, गायक बाबुराम प्रधान, हिरन राई, नृत्यांगना प्रतिभा राई आदिले पनि आ–आफ्नो प्रस्तुति दिएको उक्त समारोहमा एक दर्जनभन्दा बढी समूहबीच प्रतिस्पर्धा पनि चलेको थियो ।

 

प्रकाशित :असार ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्