डिएसए स्टार नेपाल

- साप्ताहिक संवाददाता

असार ४, २०७६

 

गायन, नृत्य तथा अभिनयमा प्रतिभा भएका बालबालिकाहरुलाई लक्षित गर्दै बाबा एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीकरणमा सुनौलो सपना नेपाल तथा परिवर्तन ईभेन्ट हाउसले एउटा विशेष प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

असार ७ गते शनिवार काठमाडौंका जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने ‘डिएसए स्टार नेपाल’ शीर्षकको प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत १ सय ५ जना बालबालिकाहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम छ ।

सुनौलो सपना नेपालको आयोजना तथा परिवर्तन इभेन्ट हाउसको व्यवस्थापनमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि बालबालिकाहरुले नृत्य, गायन तथा अभिनयमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दैछन् ।

डान्स, सिङ्गिङ तथा एक्टिङको उक्त प्रतियोगिताको शीर्षक ‘डिएसए स्टार नेपाल’ राखिएको छ । शनिवार बिहान १० बजेपछि जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने बालबालिकाहरुलाई नृत्य, गायन तथा अभिनय गरि तीन भिन्न समुहमा विभाजन गरेर प्रतिस्पर्धा गराइने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाइरहेका बालबालिकाहरुले तीन साताको प्रशिक्षण लिएका छन् । उनीहरुलाई कोरियोग्राफर अंकित मानन्धर, डान्स ट्रेनर अनिशा खत्री, सुलभ थापा मगर, सुमी थापा मगर तथा संगीतकर्मी मिलन भट्टले गायनको प्रशिक्षण दिएका थिए ।

यसैबीच डिएसए स्टार नेपालमा प्रतिस्पर्धा गरिरहेका बालबालिकाहरुमाझ नेपाली चलचित्रका बाल कलाकार कुशाग्र भट्टराई प्रस्तुत भएका छन् । हालै आयोजित एक समारोहमा बाल कलाकार कुशाग्र भट्टराईले प्रतिस्पर्धिहरुलाई आफ्नो कलाकारिता क्षेत्रको अनुभव शेयर गरेका थिए ।

त्यसक्रममा प्रतिस्पर्धि बालबालिकाहरुले बाल कलाकार भट्टराईसंग विभिन्न प्रकारका जिज्ञासाहरु राखेका थिए ।

त्यसअघि हास्य श्रृंखला भद्रगोलका बाहुन डन अर्थात कलाकार अशोक धितालले पनि प्रतिस्पिर्धि बालबालिकाहरुलाई विशेष प्रशिक्षण दिएका थिए ।

प्रतियोगिताको ग्राण्ड फिनालेमा जादुगर तथा कलाकार महादेव त्रिफाठीले कार्यक्रम सञ्चालन गर्ने कार्यत्रम छ ।

प्रकाशित :असार ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्