सहकर्मी कलाकारहरुको  सिर्जना कत्तिको हेर्नु–सुन्नुहुन्छ ? 

- साप्ताहिक संवाददाता

असार ३, २०७६

सबै हेर्छु, साथै सेयर गरेर सहयोग पनि गर्छु । हामी सबैले आ–आफ्नो तरिकाले सबैलाई सहयोग गर्नुपर्छ । अनिता चलाउने, गायिका 

प्रायः साथीहरूको सिर्जना हेर्ने–सुन्ने काम गर्दै आएको छु । 

प्रल्हाद सुवेदी, गीतकार 

एकदमै सुन्छु–हेर्छु । किनभने म नेपाली कला–संगीतलाई प्रेम गर्छु । नेपाली चलचित्र धेरै हेर्छु । केही समय अघि मात्र ए मेरो हजुर–३ हेरें । जात्रै जात्रा हेर्न मन छ, समयका कारण भ्याएकी छैन, चाँडै हेर्नेछु । क्रिटिक पढ्छु त्यसबाट पनि धेरै कुरा थाहा पाउँछु । सिर्जना हेर्छु र तुलना गर्छु हिजोको तुलनामा धेरै विकास पनि भएको छ र खुशी लाग्छ । 

कोमल वली, राष्ट्रिय सभा सदस्य तथा गायिका 

म प्रायः सबै सिर्जना हेर्ने–सुन्ने गर्छु । हरेक सिर्जनाबाट केही न केही ज्ञान पाइन्छ । यो हाम्रा लागि एकप्रकारको स्कुल नै हो । 

निर्मल शर्मा, हास्य अभिनेता 

धेरै सुन्छु–हेर्छु । एउटा राम्रो कलाकार बन्न पहिले राम्रो श्रोता तथा दर्शक बन्नुपर्छ । आफ्नो कौशल बढाउन पनि अध्ययनका रूपमा राम्रो सिर्जना धेरैभन्दा धेरै हेर्ने–सुन्ने काम गर्नुपर्छ भन्ने मेरो बुझाई छ । 

महेश काफ्ले, गायक 

आफ्नो सर्कलका साथीहरूको सिर्जना हेर्न–सुन्न सकेसम्म छुटाउँदिन । 

जेविका कार्की, अभिनेत्री

आफ्नोभन्दा बढी सुन्छु । फरक–फरक सहकर्मीहरूसँग भएका फरक–फरक ज्ञान र अनुभवबाट केही न केही लिन्छु अनि आफ्ना सिर्जनाहरूमा निखार ल्याउँछु । साथै सकेसम्म उनीहरूको भन्दा फरक गर्ने कोसिस गर्छु । 

लक्ष्मण शेष, संगीतकार 

एकदमै हेर्छु अनि सुन्छु । सकेसम्म रिलिज भएकै दिन हेर्छु जसले गर्दा कस्तो खालको गीत बजारमा आएको छ जानकारी लिन सहज हुन्छ । 

प्रशन्ना पान्डे, गायिका 

अहिले हामी जता भए पनि इन्टरनेटको माध्यमबाट हरेक कुराबाट सहजै अपडेट भैरहेका हुन्छौं । त्यसकै माध्यमबाट मैले पनि आफ्ना सहकर्मी हुन् वा अन्य विधाका नयाँ–नयाँ सिर्जनाहरू हेर्न अनि सुन्न 

पाएकी छु । 

रजनी केसी, अभिनेत्री 

म सबैको सिर्जना हेर्छु अनि सुन्छु । यसले आफूलाई थप परिपक्क बनाउन मद्दत पुर्‍याउँछ । 

मुस्कान ढकाल, निर्देशक

एकदमै हेर्छु अनि सुन्छु । 

सुचित्रा श्रेष्ठ, निर्देशक 

म सहकर्मी साथीहरूको गीत धेरै नै हेर्छु–सुन्छु अनि फेसबुकमा सेयर पनि गर्छु । 

खुमन अधिकारी, गायक 

म एकदमै अपडेट छु । सबै कलाकारको काम र सिर्जना हेरिरहेकी हुन्छु । 

ऋचा शर्मा, अभिनेत्री

सुन्छु, यदि नजिकको साथीको हो भने त कम्पोज कै क्रममा सुनिन्छ तर अरू नचिनेका गायकको चाहिँ बजारमा चलेको वा राम्रो प्रतिक्रिया आएको आधारमा सुनिन्छ । सबै नयाँ गीत चाहिँ सुन्दिनँ । 

बाबु बोगटी, गायक 

सबै त हेर्न– सुन्न सकिँदैन । त्यो सम्भव पनि छैन । किनभने हरेक दिन कैयौं गीत रिलिज भैरहेका हुन्छन्, तर चर्चा गरिएका साथै चर्चामा रहेका अलि धेरै प्रचारमा आएका पोष्टर अनि सुटिङका तस्बीर हेर्दै हेरौं–हेरौं लाग्ने सिर्जना भए हेर्छु र मलाई राम्रो लागे सामाजिक सञ्जालमा सेयरसमेत गर्छु । 

महेन्द्र गौतम, मोडल 

म आफैंले पनि फरक खालको सिर्जना खोज्ने, सुन्ने र मन पराउने भएकाले होला सहकर्मी साथीहरूको सिर्जना चासो दिएर हेर्छु–सुन्छु ।

कृष्ण काफ्ले, गायक 

धेरै नै, किनभने सहकर्मीहरूको सिर्जनाबाट पनि धेरै कुरा सिक्ने र बुझ्ने अवसर 

प्राप्त हुन्छ । 

याम क्षेत्री, गायक

सुन्छु–हेर्छु, अनि राम्रो कामको प्रशंसा समेत गर्छु । उहाँहरूको सिर्जनाका सम्बन्धमा आफ्नो दृष्टिकोण पनि स्पष्ट रूपमा राख्छु । 

कृष्ण मल्ल, कलाकार 

म साहित्य कला र संगीत तीनै कुराको पारखी हुँ । विशेष गरी अहिले कलाकारितामा सक्रिय भए पनि सुरुवातका दिनहरूमा म कविता–कथा आदि लेख्थे । अहिले समकालीन साथीहरू व्यवसायिक गीतकार–लेखकका रूपमा स्थापित भैसकेका छन् र म साथीभाइ तथा सहकर्मीहरूको सिर्जना एकदमै नियालेर हेर्छु साथै तुरुन्त प्रतिक्रिया पनि दिन्छु । 

घनश्याम गौतम, हास्यकलाकार 

समय मिल्दा हेर्ने–सुन्ने काम गर्छु । 

साम्तेन भुटिया, निर्देशक 

धेरै कम तर यसको कारण पनि छ । 

राज सिग्देल, गायक 

अग्रज–अनुज सबैको सिर्जना हेर्छु अनि त्यो भन्दा फरक गर्ने प्रयास गर्छु । 

टंक तिमल्सिना, गायक

आफूलाई मनपर्ने राम्रो गीत छ भने हेर्ने–सुन्ने मात्र होइन सेयर पनि गर्छु । 

देवी घर्ती, गायिका

प्रकाशित :असार ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्