दुलाहाको पहिरनमा 

- साप्ताहिक संवाददाता

असार २, २०७६

गुगलका अनुसार अभिनेता भुवन केसीको उमेर ६१ वर्ष भैसकेको छ । यो उमेरमा उनी दुलाहाको भेषभूषामा सजिए भने कस्तो देखिएला ? यो जिज्ञासाको जवाफ आइसकेको छ । अघिल्लो साता छायांकन प्रारम्भ गरिएको चलचित्र ‘मिस्टर नेपाली’ को पहिलो तस्बिर सार्वजनिक भएको छ, जसमा अभिनेता केसी दुलाहाको पहिरनमा छन् ।

दुलाहाको पहिरनमा उनी भरखरको ठिटो देखिएका छन् । आफूभन्दा आधाभन्दा कम उमेरकी अभिनेत्री रिमा विश्वकर्मा अभिनेता केसीसँगै दुलहीको भेषमा छिन् । उनीहरूको जोडी बिछट्टै सुहाएको पनि छ ।

यो चलचित्रमा अभिनेता केसी बुवा र छोराको दोहोरो भूमिकामा छन् । विवाहको उक्त दृश्य चाहिँ बुवा भुवन केसीको भएको बताइन्छ । वास्तविक जीवनमा छोरा अनमोल केसीको विवाह गर्ने उमेर भैसकेका बेला बुवा केसीलाई दुलाहाको पहिरन सुहाएको देख्दा धेरैले रमाइलो मानेका छन् । 

प्रकाशित :असार २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्