वीरविक्रम– २ ले शुद्धाशुद्धिको नियम पनि मिचेको छ  

- साप्ताहिक संवाददाता

असार २, २०७६

 

समीक्षाको शैलीका सम्बन्धमा बहस हुनसक्ला, मन नपर्न सक्ला, भाषिक मर्यादाको कुरा पनि हुनसक्ला तर एब्सर्ड शैलीको समीक्षाका आधारमा साइबर कानुन लगाएर थुन्नु कानुन दुरुपयोगको हद हो । निर्मलाका हत्यारा खोई ? ३३ किलो खोइ ? देशको दुश्मनचाहिँ कमेडियन ? —हाम्रो पुलिस, हाम्रो कानुन । 

यज्ञश 

झुर फिलिम बनाउने अनि ए हजुर नेपाली फिलिमलाई माया गर्दिन परो भनेर हुन्छ । झुर किताब र झुर फिलिम बनाएर पैसा नअसुल । चलचिक्र वीरवित्रम–२ को समीक्षा गरेको आरोपमा पक्राउ परेका युट्युबर प्रनेश गौतमलाई रिहा गर । मानहानि भए अदालत जाउ नत्र गलत दफा लगाएर कसैलाई दुःख नदेउ । 

कृष्ण शर्मा 

वीर वीक्रम–२ चाहिँ ओस्कार जितेको फिल्म हो र ? कमेडी समीक्षा गर्न बन्देज लाउनु र समीक्षकलाई जेल हाल्नु ? यस्ता थोत्रा चलचित्रकर्मीबाटै हो नेपाली फिल्म उँभो नलागेको ? 

विष्णु बिवेक 

उहिले : मकैपर्व मकैमा लाग्ने कीराको वर्णनमा रातो टाउके र काला टाउके किराले क्रमशः चन्द्र र भीम शमशेरलाई होच्याइएको अर्थमा लिइयो । मकैको खेती किताब लेख्नेलाई ९ वर्ष जेल । अहिले : वीरविक्रम–२ फिल्मको कमेडी समिक्षा गरेका कारण ५ वर्षसम्म जेल थुन्ने...

शालोक्य 

मैले मिलन चाम्सको ह्याप्पी डेज भन्ने फिलिम हेर्या छु । मिल्ने भए यिनलाई जेल हाल्नुपर्थ्यो तेस्तो फिलिम बनाउने भनेर अनि प्रियंका र दयाहाङलाई नि कारबाही गर्नु पर्ने यस्तो फिलिममा खेल्ने जेपिटी स्कृप्टमा भनेर । 

इश

मैले वीर–विक्रम हेरेको छु । त्यो फिलिम सक्काउन कति सकस परेको थियो मैलाई थाहा छ । 

बोस स्टुडियो 

वीरविक्रम–२ भन्ने फिल्मको च्यारिटी शो मेरा साथीहरूले रिलिज हुनुभन्दा अघिल्लो दिन गरेका थिए । फिल्म अगतीलो हुँदा हेर्न आउनेहरूले झन्डै कुटेनन् भन्दैथिए । समीक्षकलाई थुनेर फिल्म चल्छ जस्तो लागेछ सोल्टिहरूलाई । बाटोमा बसेर कुहिएको आँप बेच्न फाइन्छ ? 

निरज वाग्ले 

वीर कि क्रिटिसिज्म सहन नसक्ने कायर ? वीरवित्रम–२ को भिडियो रिभ्यु र त्यो पनि कमेडी गरे वापत निर्देशक मिलन चाम्सले मानहानीको मुद्दा दर्ता गराएका छन् र मिम नेपाल पेजका प्रनेश गौतमलाई हिरासतमा लिइएको छ । सेम अन यू मिस्टर चाम्स । 

साविक्री गौतम

वीरवित्रम–२ फिल्म नराम्रो नै रै’छ । व्यवहारले देखायो । प्रनेश गौतम ठीक रै’छन् । बरु अरु थुप्रै गल्ती गरेर सामाजिक रुफमा गलत सन्देश दिने युट्युबरहरूलाई चाहिँ कारवाही गर्न लागे हुन्छ । 

रमेश कँडेल

वीरविक्रम–२ हुन् कि श्री ५ महेन्द्र वीरवित्रम ? आलोचना त सुन्नै नसक्ने । जेलै कोच्ने, फर्जी मुद्दामा हेर्नुस् । 

नारान 

वीरविक्रम हेरेर जीवनको अमूल्य ५ मिनेट खेर फालिएको थियो । अझ वीरविक्रम–२ को कुरो गर्नुहुन्छ ।

सुशान्त कोइराला

वीरवित्रम–२ प्रवृत्ति हेर्दा नेपाली सिनेमा जगतले ठूलै फड्को मार्ने देखिन्छ, अधोगतीको । म त हेर्दिनँ नेपाली फिल्म । सबैजसोमा अभिनय, सम्पादन, कथा र छायांकन सबै झुर हुन्छन् । 

महेश क्षेत्री 

राम्रो सिनेमालाई राम्रो पनि भन्न पाइन्छ अनि नराम्रो पनि भन्न पाइन्छ । त्यस्तै झुर सिनेमालाई झकास पनि भन्न पाइन्छ अनि झुरेस्ट पनि भन्न पाइन्छ । मलाई वीरविक्रम–२ सिनेमा र त्यो बनाउनेहरूको काम दुवै लास्टै झुर लाग्यो । 

रामेश कोइराला

यो वा त्यो तर्क दिएर मिम नेपालका एडमिन प्रनेश गौतम पक्राउको समर्थन गर्ने सम्पूर्ण बनकाली एक्सप्रेसका हुनहार हनुहरूलाई माझी औंलाको सलाम छ । 

सन्तोष 

वीरविक्रम पनि उनैको फिलिम हो ? हो भने त्यो जति उत्कृष्ट फिलिम संसारमा अहिलेसम्म बनेको छैन र बन्ने पनि छैन । ओस्कार नै जित्नु पर्ने फिलिम नि...

प्रक्षितराज 

यो फिलिमले शुद्धाशुद्धिको नियम पनि मिचेको छ । वीरविक्रम हुनु पर्यो नि ! बात करते हो । साकारले त्यस्तो तथानाम गाली गर्दा नि शीर्षनेताले सहिष्णुता देखाएका थिए त । यी चाम्स दाइ त्यसै आवेगमा आउँदा रचन् । 

प्रमाण अधिकारी

प्रकाशित :असार २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्