गायक प्राञ्जलको बेग्लै आनन्द 

- साप्ताहिक संवाददाता

असार १, २०७६

गायक प्राञ्जल पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै शब्द रहेको गायक पाखेरेलको सार्वजनिक गीतमा सागर अधिकारीले संगीत भरेका छन् । भैरहवामा रहेर नेपाली गीत/संगीतमा रमाउँदै आएका गायक पोख्रेलको यो तेस्रो गीत हो । 

‘बिहानीको चिसो हावामा’बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । बसन्त सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोमा गायक प्राञ्जल पोखरेल र स्नेहा भट्टराईले अभिनय गरेका छन् । 

अर्जुन सापकोटाको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई जीवन टण्डनले सम्पादन गरेका हुन् । सार्वजनिक गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । 

गायक प्राञ्जलले आफू चाडै एल्वम लिएर स्रोता तथा दर्शक माझ आउन लागेको जानकारी दिएका छन् । उनको सोलो गायन रहने एल्वममा सागर अधिकारीको एकल संगीत रहने पनि उनले बताएका छन् । 

 

आनन्द बेग्लैको म्यूजिक भिडियो :

प्रकाशित :असार १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्