नेपाली सिनेमा भनेपछि  किन मुख खुम्च्याइन्छ ?

- साप्ताहिक संवाददाता

जेष्ठ ३२, २०७६

 

मौलिकतामा कमी, नायक–नायिकाले ओभर एक्टिङ गर्नु, जसलाई राम्रोसँग बोल्न नि आउँदैन उनीहरूलाई अनुहार हेरेर मात्र फिल्म खेलाउनु, विषयवस्तु निकै कमजोर हुनु आदि । यद्यपि केही राम्रा चलचित्र पनि छन् जुन जति पटक हेरे पनि फेरि हेरौं–हेरौं जस्तो लाग्छ जस्तो कबड्डी–१ र २, पशुपतिप्रसाद, जात्रा आदि । 

अन्जान मित्र 

जात्रैजात्रा, पशुपतिप्रसाद, छक्कापन्जाजस्ता चलचित्र निर्माण हुने हो भने पक्कै पनि नेपाली सिनेमाको आकर्षण बढ्ने थियो । 

करुणा नेपाल 

हेर्न मन त लाग्छ नि हजुर, तर पैसा तिरेर हलमा सुत्न जाने त होइन नि । 

एआर जुन 

नेपाली फिल्मको फेद कता छ टुप्पो कता छ केही थाहा हुँदैन । अर्को कुरा, नेपालमा कलाकारहरू त छन्, तर उनीहरूको सम्पूर्ण क्षमता बाहिर निस्कन सकिरहेको छैन ।

राजेन्द्र मगराती 

स्टोरी नै राम्रो हुँदैन, कुनै फिल्म बनाउनुअघि राम्रो रिसर्च गर्दैनन् । हावा तालमा निर्माण गरिएको फिल्म हेर्न जानलाई कसको पैसा बढी भा’छ र ?

तरंग सन्जिल घिमिरे 

टेलिफिल्म हेरेजस्तो लाग्छ । न कथा छ, न पटकथा । फस्ट टेकमै फिल्म द एन्ड हुन्छ । तथापि केही फिल्म आफ्नै मौलिकतामा बनेका छन् र ती उत्कृष्ट समेत छन् । 

सुदीप पोखरेल 

क्वालिटी नै छैन । के देखाउन खोजेको हो त्यो भन्दै नभनी फिल्म अन्त्य हुन्छ । 

सपु अधिकारी 

फिलिम नहेरी समीक्षा गर्नेहरूले नेपाली फिलिमको बेइज्जत गरिरहेका छन् । दलालहरूले चलेका हिन्दी तथा अंग्रेजी फिलिमको प्रशंसा गर्छन् । उनीहरू फ्लप भएका हलिउड–बलिउडका फिलिमको चर्चा कहिल्यै गर्दैनन् । नेपाली हुन वा भारतीय वा विश्वका केही अरू कुनै पनि परिवारका सबै सदस्य अब्बल हुन्छन् भन्ने के ग्यारेन्टी छ ? कोही खराब मानसिकताका पनि हुन्छ । एक जनाका कारणले परिवारलाई दोष दिने व्यक्तिको दिमाग खराब छ भनेर बुझे हुन्छ । पहिले नेपाली फिलिम हेरौं, ठीक–बेठीकको समीक्षा गरौं, अनि कमजोरीहरूलाई सुधार गर्दै जाऊँं ।

दीपककुमार खड्का 

पहिल्यैदेखि अरूको भर परेर हो । अब आफ्नोपनलाई पनि माया गर्न जरुरी छ । जबसम्म चेतना आउँदैन तबसम्म निरन्तर यस्तै नै चलिरहनेछ । भूकम्प र नाकाबन्दीलाई मनैदेखि सम्झियो भने आफ्नैपनको जित हुन्छ ।

नेत्र तामाङ 

किनभने यहाँ कथामा भन्दा पात्रमा लगानी गर्ने चलन छ । अब चलचित्र राम्रो छैन भने कसैको थोपडा मात्र हेर्न हलमा जाने कुरा पनि त भएन ।

किरण भण्डारी 

पशुपतिप्रसादजस्ता चलचित्र अभिनय खासै नभए पनि कथाको भरमा रुचाइएका हुन् । या त कथामा मौलिकता हुनुपर्‍यो या अभिनय गज्जबको हुनुपर्‍यो । दुवै कुरा नभएपछि नाक आफैं खुम्चिन्छ ।

हरिष पौडेल 

हावाको भरमा सिनेमा बनाउने चलन, अरूको देखासिकी, राम्रो कथाको अभाव अनि फितलो प्रस्तुतीकरण । अर्को कुरा सिनेमा बनाए रातारात हिट भइन्छ भन्ने भ्रम ।

चान्स आचार्य 

धेरै पछि जात्रैजात्रा हेरेको, साह्रै राम्रो लाग्यो । राम्रो फिल्म नबन्ने चाहिँ होइन, बनाउन जान्नुपर्छ । 

राकेश रेग्मी 

लगभग ९५ प्रतिशत फिलिम एकदम हावा तरिकाले बनाइन्छ, धेरैजसोमा चोरिएको बासी कथा हुन्छ, अनि कलाकार हुन्छन् कुनै अध्ययन र सिकाइबिना नै आएका । प्रायः फिलिममा न कथा गतिलो हुन्छ, न अभिनय, न सिन नै । अनि किन नाक नखुम्चियोस त ?

दीपकराज त्रिपाठी 

राम्रो फिल्म आ’को बेला नेपाली दर्शकलाई कसैलाई सिकाइरहनु पर्दैन— सन्दर्भ जात्रैजात्रा । 

विप्लव

प्रायः कथा कुनै न कुनै विदेशी फिल्मबाट चोरिएको हुन्छ अनि त्यो नक्कल पनि निकै कमजोर र भद्दा हुन्छ । निर्देशन अझ झुर हुन्छ । कथाअनुसार अभिनय हुँदैन । प्रस्तुति सबैभन्दा फितलो हुन्छ । त्यसकारण नेपाली फिल्म हेर्न मन लाग्दैन ।

अजय अनमोल

खै के खै के ? निन्द्रा नलाग्ने मान्छेचाहिँ नेपाली फिल्म हेर्न गयो भने झ्याप–झ्याप उँघेर मस्त निदाउँछ । 

सिमरन लिम्बू 

हलिउड–बलिउड जतिसुकै राम्रो भए पनि मलाई मेरै नेपालीपन, नेपाली वेशभूषा, नेपाली संस्कृति तथा नेपाली चलचित्र नै मन पर्छन्— जय नेपाल । 

गुरुङ सिजन प्रेम 

तुलसी घिमिरेले बनाएको फिल्ममा कसले नाक खुम्च्याएको छ र ? 

प्रभात आचार्य 

प्रकाशित :जेष्ठ ३२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्