हस्तलेखन प्रतियोगिता

- साप्ताहिक संवाददाता

जेष्ठ ३२, २०७६

बालविकास एन.सी.मासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुसन्धानले विद्यार्थीहरूमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने कुरा बताएको छ ।

गत शनिबार ‘राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरूलाई पुरस्कार वितरण’ कार्यक्रममा एन.सि.मासले ऊक्त धारणा व्यत्त गरेको हो ।

उक्त संस्थाले नेपालमा विगत १५ वर्षदेखि हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानसम्बन्धी अध्ययन तथा अनुशन्धान गर्दै आएको छ, साथै संस्थाले देशव्यापी रुपमा हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानसम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै एन.सी.मासका अध्यक्ष तेजु नेपालले हरेक व्यक्तिको अक्षरबाट उसको ५ हजार किसिमका चरित्र निर्धारण गर्न सकिने कुरा सुनाए । त्यस्तै, उनले विश्वव्यापी रूपमा रहेको अबाकसका सम्बन्धमा पनि आफूहरूले विभिन्न कार्यक्रम तथा प्रशिक्षण दिँदै आएको जानकारी दिए । नेपालले भने, ‘यो कार्यक्रमले विद्यार्थीहरूको केन्द्रिकृत मस्तिष्क र भिजुल्याइजेसनका कारणले गर्दा अध्ययन तथा अन्य कुरामा सकारात्मक प्रभाव पार्छ ।’

 

कार्यक्रममा राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा सिनियरतर्फ आरोनी स्कुलकी छात्रा नाजमिन खातुनले प्रथम भएकी थिइन् ।

त्यस्तै, सिनियरतर्फ नेसनल पिस इंग्लिस बोर्डिङ स्कुलकी छात्रा शर्मिना मानन्धर दोस्रो तथा इडेन गार्डेन इंग्लिस बोर्डिङ स्कुलकी छात्रा उषा राई तेस्रो भएका थिए । जुनियरतर्फ आशीर्वाद बोर्डिङ स्कुलकी छात्रा सांग्या गौतम प्रथम भइन् भने टोडिलर्स जोनकी छात्रा सहनशिका श्रेष्ठ दोस्रो तथा सौर्यदीप स्कुलकी छात्रा सुम्निमा घिमिरे तेस्रो भइन् । उक्त प्रतियोगितामा ७० वटा विद्यालयका छात्र–छात्रा सहभागी थिए ।

प्रकाशित :जेष्ठ ३२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्