नम्रताको जन्मदिनमा जाइराको पोस्टर

- साप्ताहिक संवाददाता

जेष्ठ ३१, २०७६

अभिनेत्री नम्रता श्रेष्ठले आज जेठ ३१ गते आफ्नो ३२ औं बर्थडे विशेष कार्यक्रम आयोजना गर्दै मनाएकी छिन् । सेतो गाउनमा सजिएकी नम्रता समारोह आकर्षक देखिएकी थिइन् । छोटो कपालमा उनको व्यक्तित्व अलग्गै देखिएको थियो ।

ज्ञानेश्वरस्थित आफैंले सञ्चालन गरेको एटिक बारमा आयोजित विशेष समारोहमा सयौं सञ्चारकर्मीमाझ नम्रताले बर्थडेको केक काटेकी हुन् ।

त्यस अवसरमा नम्रताकै मुख्य भूमिका रहेको चलचित्र ‘जाइरा’ को पोस्टर समेत सार्वजनिक गरियो । यो चलचित्र भदौ ६ गतेदेखि फ्रदर्शन हुने कार्यक्रम छ ।

बर्थडे सेलिब्रेट गर्ने त्रममा अभिनेत्री नम्रता श्रेष्ठलाई चलचित्रका अन्य कलाकारहरु अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, सुजिता श्रेष्ठ, प्रमोद अग्रहरी आदिले पनि साथ दिएका थिए । चलचित्र जाइरामा नम्रता श्रेष्ठले मार्शल आर्ट्स खेलाडीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रको लागि उनले आफ्नो  गेटअप नै परिवर्तन गरेकी छिन् ।

आशुतोषराज श्रेष्ठले यो चलचित्र निर्देशन गरेका हुन् । अभिनेत्री नम्रता श्रेष्ठले हालसम्म अभिनय गरेका चलचित्रहरुमा फरक–फरक भूमिका निर्वाह गरिसकेकी छिन् । उनले अभिनय गरेका प्रायः सबै चरित्रलाई दर्शकले मन पराएका छन् । यतिबेला उनी खेलाडीको रुपमा दर्शकमाझ आउने तयारी गर्दैछिन् ।

चलचित्र जाइरामा उनको लुक्स नै भिन्न देखिएको छ । छोटो कपाल, पातलो ज्यानमा उनी साँच्चिकै खेलाडी देखिएकी छिन् । चलचित्रमा उनलाई मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत गरिएको छ । यही चलचित्रबाट रजतपटमा आउन लागेकी नयाँ अनुहार श्रृजना रेग्मीले पनि चलचित्रमा खेलाडीकै भूमिका निर्वाह गरेकी छिन् । 

प्रकाशित :जेष्ठ ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्