संजिव र टीकाको एउटा गल्ती सार्वजनिक

- साप्ताहिक संवाददाता

जेष्ठ ३१, २०७६

गायक संजिव पराजुली र गायिका टीका प्रसांई युगल गायनमा चिनिएको नाम हो । उनै टीका र संजिवको नयाँ गीत सार्वजनिक भएको छ ।  केहि दिन अघि सार्वजनिक भएको उनीहरुको ‘जानी जानी एउटा गल्ती’ बोलको गीत अहिले लोकप्रिय बन्दै गएको छ । 

दिनेश अधिकारीले लेखेको सार्वजनिक गीतमा रंजित गजमेरले संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएके छ । 

सार्वजनिक गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको म्यूजिक भिडियोमा प्रदिप बास्तोला र एलिशा शर्माले अभिनय गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

जानी जानी एउटा गल्तीको म्यूजिक भिडियो :

प्रकाशित :जेष्ठ ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्