बुढेशकालको लौरी सार्वजनिक

- साप्ताहिक संवाददाता

जेष्ठ ३१, २०७६

गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको ‘बुढेशकालको लौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोमा बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ को रोमान्टिक अभिनय रहेको छ । 

पति पत्नि एक अर्काको बुढेशकालको लौरी बन्नु पर्ने कुरालाई मुख्य रुपमा देखाइएको भिडियोमा हैट र ‘फुलन्देकी आमा’ गज्जबसँग खुलेका छन् ।

प्रेमी प्रेमीका र पति पत्निबिचको प्रेम रोमान्सको कथालाई चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेका छन् शब्द मार्फत । जसमा शर्माकै संगीत रहेको छ । 

निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन विकाश दाहालले गरेका छन् । भिडियो फुलेन्देको आमा बोलको च्यानलबाट सार्वजनिक गरिएको छ ।

बुढेशकालको लौरीको म्यूजिक भिडियो :

प्रकाशित :जेष्ठ ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्