मानविय सहायताको लागि ‘भुपू साँझ’

- अनोज रोक्का

जेष्ठ ३०, २०७६

भारतिय सैनिकबाट अवकास प्राप्त गरि हङकङलाई कर्मथलो बनाएका नेपालीहरुको साझा संगठन भारतिय गोर्खा भुपू सैनिक संघ हङकङले मानविय हितको लागि कार्यक्रमको आयोजना गर्ने भएको छ । शारिरीक असक्षमता भएकाहरुका लागि आर्थिक सहयोगार्थ भुपू सााझ २०१९ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा पब्लिक स्पिकर अवार्ड सिजन २ का विजेता दृष्टिविहिन रमेश प्रसाई, गायक राजनराज सिवाकोटी, ओम गुरुङ, बालविक्रम थापा, गायीका मिलन अमात्य, मनमाया वाईवा, काजल गुरुङ, डान्सर जेनिता मगर, जीवन विष्ट लगायतले आफ्नो प्रस्तुती दिनेछन् । 

सैनिक परिवारको संरक्षण र सर्वद्धनको लागि स्थापना भएको संघले हरेक बर्ष मानविय सेवाभावका लागि पनि विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरिरहेको छ । 

हामीले शारिरीकरुपमा दुर्वल र आर्थिकरुपमा असक्षम प्रतिभाहरुलाई प्रेरणाको लागि अवसर प्रदान गरिरहेका छौ । विगतका दिनमा पनि भुकम्प फिडितहरुका लागि, राष्ट्रिय आविष्कार केन्द्रको लागि कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग गरिसकेका छौ, कार्यत्रमका संयोजक काजी गुरुङ् बताउाछन् । 

कार्यक्रम हङकङ स्थित युङ्लोङ थिएटरमा यहि जुलाई २८,  का दिन बेलुकी ७ बजेबाट शुरु हुनेछ । 

प्रकाशित :जेष्ठ ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्