दिन फर्कियो रकुलको 

- साप्ताहिक संवाददाता

जेष्ठ ३०, २०७६

कुनै समय बलिउडका निर्माताहरूले नपत्याएपछि चलचित्रमा अभिनय गर्ने आफ्नो धोको पूरा गर्न दक्षिण भारतीय चलचित्रको सहारा लिएकी पञ्जाबी अभिनेत्री रकुलप्रित सिंहका दिन फर्किएका छन् ।

रकुलप्रित सिंहले अजय देवगण र तब्बुसँग स्क्रिन सेयर गरेको चलचित्र ‘दे दे प्यार दे’ ले बक्स अफिसमा धमाकेदार व्यापार गरेपछि अहिले बलिउडका निर्माताहरू रकुलप्रित सिंहको घरमा लाइन लागेका छन् ।

 

आफ्नो यो सफलताबाट मख्ख परेकी रकुलले आफूले चलचित्र छानेर मात्र काम गर्ने बताएकी छिन् । 

प्रकाशित :जेष्ठ ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्