ज्यान बनाउँदै प्रदीप

- साप्ताहिक संवाददाता

जेष्ठ २९, २०७६

अघिल्लो वर्ष आफूले अभिनय गरेका दुई चलचित्र रोज तथा लभ स्टेशन फ्लप भएपनि अभिनेता प्रदीप खड्का निराश भएनन् । उल्टो, असफलता नै सफलताको कारक हो भन्दै अघि बढे । यद्यपि उनले चलचित्रको छनौट गर्दा संयम अपनाउनुपर्छ भन्ने कुरा राम्रोसँग बुझे । एकपछि अर्को गर्दै दुई चलचित्र असफल भएपछि यतिबेला प्रदीपको सम्पूर्ण ध्यान चलचित्र प्रेमगीत–३ मा केन्द्रित भएको छ । यो सिक्वेल चलचित्रका अघिल्ला दुई श्रृंखला सफल मानिए ।

प्रदीपलाई यसको तेस्रो श्रृंखलामार्फत आफ्नो धरमराउँदो करियरलाई उचाइमा पुर्‍याउनु पर्ने चुनौती एकातिर छ भने अर्कातिर असफलताको श्रृंखला पनि तोड्नु छ । यीनै कारणहरूले गर्दा प्रदीप यतिबेला प्रेमगीत–३ का लागि ज्यान बनाउन लागिपरेका छन् । त्यसैले अहिले उनको अधिकांश समय जिमखानामा बित्न थालेको छ ।

चलचित्रको कथा अनुसार प्रदीपले आफ्नो ज्यान बनाउनु त छँदै छ, त्यसबाहेक उनले आफ्नो केशको आकार पनि बढाउनु पर्नेछ । प्रदीपलाई लामो केश सुहाउँछ । प्रेमगीत–३ कै लागि उनले हेमराज बिसीको शुभ विवाह तथा रामबाबु गुरुङको कबड्डी–३ छाडे । प्रदीपले यो चलचित्रको छायांकन अघि आफूले अन्य कुनै पनि चलचित्रमा हात नहाल्ने स्पष्ट पारिसकेका छन् । 

प्रकाशित :जेष्ठ २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्