चर्को गर्मी छल्ने उपाय के होला ? 

- साप्ताहिक संवाददाता

जेष्ठ २९, २०७६

नागाबाबा भएर बस्ने । 

कुबेर सुवेदी 

ओढारमा बास बस्ने कान्छा । 

शोभाकर तिमिल्सिना 

यसको दिगो समाधान भनेकै रुख रोप्नु हो । 

हरि तिवारी 

ब्लाङकेट ओढेर घाममा बस्ने । 

सरोज केसी 

चिसो वियर पिउने । 

निलेन्द्र प्याकुरेल 

सप्तकोसीको चिसो पानीमा छलाङ लगाउने । 

विशाल गौतम 

दामन–पालुङ जाने । 

विमल मगर 

तमोर नदीको माझिङटार या त मूलघाटमा पौडी खेल्ने । 

कमलप्रसाद बाँस्कोटा 

डबल ब्लाङ्कोट ओढेर सुत्ने । 

हरिप्रसाद तिवारी 

त्रिशूलीमा झ्याम्म हामफाल्ने । 

चन्द्र उदासी 

हिमालतिर लाग्ने । 

राज आरसी 

सूर्यलाई दुई–चार महिना छुट्टीमा पठाउने । 

होल ब्ल्याक 

अन्डरग्राउन्ड कोठाबाट कतै ननिस्कने । 

जगत बम्जन 

पोखरीमा गएर बस्ने । 

गोकर्ण सिटौला 

काठमाडौं बस्नेहरू १५ दिनका लागि चितवन जाने अनि काठमाडौं फर्कने । त्यसपछि थाहा हुन्छ काठमाडौंमा कति गर्मी छ भन्ने कुरा । 

लक्ष्मणराज अधिकारी 

गर्मी हटाउने जति नै आधुनिक साधन भए पनि गाउँको चौतरीको वरपीपलको छहारीमा बस्नुको मज्जा बेग्लै । 

दीपेन्द्रप्रसाद भुवाई 

हिमालतिर एउटा घर बनाउनुपर्छ । गर्मीमा उता, जाडोमा त झापा जिन्दावाद छँदैछ । 

तुलसा बन्जारा 

पौडी खेल्ने । 

शिवप्रसाद शर्मा रेग्मी 

भेडेटार जाने । 

श्रेष्ठ रविन 

दैनिक नुहाउने । 

जीपी भट्टराई 

घर आकारको फ्रिज बनाएर त्यसभित्र बस्ने । 

बाबु श्री 

ज्याकेट लगाउने । 

सुशील पौडेल 

एसी चलाएर सुत्ने । 

दिनेश काफ्ले 

श्रीमती लिएर इलामको चियाबगान घुम्न जाने । 

दुर्गा चम्लागाईं

पानी तताएर नुहाउने, शित्तल हुन्छ । 

लक्ष्मीकान्त जोशी 

नेपालका सुन्दर पहाडी भेगतिर घुम्न जाने । 

राज गोर्खाली 

आगो ताप्ने । 

सूर्य सापकोटा 

आइसक्रिम खाने । 

प्रिन्स राजकुमार लामा 

चिसो पिउने । 

सुखाचन्द्र ठाकुर

गर्मी छल्न साथमा मनदेखि मन पराएका प्रेमी–प्रेमिका हुनुपर्छ । पूरै शीतल फिलिङ हुन्छ । 

थापाकी छोरी 

एसीमा बसेर ट्विटर चलाउँदै सरकारलाई गाली गर्ने । 

कुल रिम्स 

विश्वव्यापी तापमान भयावह ढंगमा बढिरहेको छ । कार्बन उत्सर्जन रोक्नुको विकल्प छैन, यदि दीर्घकालीन रूपमा समाधान खोज्ने हो भने । 

पुण्य भण्डारी 

रूखको छहारीमा बसेर गर्मी छल्ने । 

रमन पोखरेल 

विवाह गरेपछि तीन महिनासम्म घरबाट निस्कनु हुँदैन अनि चर्को गर्मी छलिन्छ । 

विल्सन राई 

रूख रोप्नेतिर सोचौं, शीतल त्यसमै छ । 

अशोक सुस्केरा अंशु 

गर्मी छल्न त फ्रिजमा पस्नुपर्छ अनि त ठन्डा–ठन्डा कुल–कुल भैहालिन्छ नि । 

अनिल खरेल 

पुसमा जाडो हुन्छ भनेर सम्झने । 

बालमुकुन्द कृष्ण 

गर्मीमा काठमाडौं जाने, जाडोमा चितवन आउने । 

आशिका बर्तौला 

प्रेमिका नजिक नजाने । 

सर्सिज 

सबैभन्दा सहज र सरल तरिका : सम्झनुहोस् यो जाडो मौसम चलिरहेको छ । 

डटपेन होल्डर 

छल्ने होइन । बरु डटेर सामना चाहिँ गर्ने हो । 

मी कृष्ण 

प्रकाशित :जेष्ठ २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्