मारुनी गीत जाम्न माया जाम

- साप्ताहिक संवाददाता

जेष्ठ २९, २०७६

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक बज्रचार्यको स्वर तथा संगीत रहेको छ । गीत रिक्की शाक्यले लेखेका हुन्  । सार्वजनिक गीत ‘जाम्न माया जाम’लाई क्लबमा छायांकन गरिएको छ । 

गीतको भिडियोमा चलचित्रका अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञीको साथमा सय बढी कोरस फिचर्ड छन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

गीतमा पुष्प खड्का र साम्राज्ञीको डान्स गज्जबको छ । यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ । ‘मारुनी’ले दर्शकको मुटु छुने चलचित्रका निर्देशक नवल नेपालको दाबी छ ।

 

जाम्न माया जामको भिडियो :

 

प्रकाशित :जेष्ठ २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्