रामकृष्ण ढकालको अर्को मर्मस्पर्शी गीत तिम्रो महल

- साप्ताहिक संवाददाता

जेष्ठ २८, २०७६

नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा माधव ढकालको शब्द तथा गैरे सुरेशको संगीत रहेको छ । 

‘तिम्रो महल हिरै हिराको’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । युवराव वाइवाले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा दिपेन गौतम र जुना सुन्दासले अभिनय गरेका छन् । 

गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो । ५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन्  । 

तिम्रो महल हिरै हिराको म्यूजिक भिडियो :

 

प्रकाशित :जेष्ठ २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्