पल र वर्षा जोडिए पिरतीको जालमा

- साप्ताहिक संवाददाता

जेष्ठ २८, २०७६

अभिनेता पल शाह  र अभिनेत्री वर्षा शिवाकोटी जोडीका रुपमा प्रस्तुत भएका छन् । उनीहरु गायिका सिन्धु मल्लको एक नयाँ गीतको म्यूजिक भिडियोमा जोडीका रुपमा प्रस्तुत भएका हुन् । गायिका मल्लको ‘पिरतीको जाल’ बोलको गीतमा यि जोडी कलाकारले अभिनय गरेका हुन् ।

निक्कै लोकप्रिय गीतमा आवाज भरेकी गायिका सिन्धु मल्ल पछिल्लो समय कमै मात्रै गीत संगीतमा काम गर्दै आएकी छिन् । हरेक वर्ष तीजमा तीज गीत लिएर दर्शक स्रोता माझ आउने मल्लले यसपटक भने तीज अगावै एक फरक शैलीको गीत लिएर आएकी छिन् । 

उनका श्रीमान सुदाम थापाको शब्द/संगीत रहेको सार्वजनिक गीत गायनमा गायिका मल्ललाई अमित बरालले साथ दिएका छन् । अमित नेपाल आईडलको दोस्रो सिजनका प्रतिस्पर्धि गायक हुन् । गीतमा संगीत संयोजन भने केशव प्रकाशको रहेको छ । 

शिब बिकेले कोरियोग्राफी रहेको चैर मुसी चैरको भिडियोमा पल शाह र बर्षा सिबाकोटीले अभिनय गरेका छन् । शिव विकले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोलाई धेरैले रुचाएका छन् । 

पिरतीको जालको म्यूजिक भिडियो :

प्रकाशित :जेष्ठ २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्