भारतीय अभिनेता गिरीश कर्नाडको निधन

- साप्ताहिक संवाददाता

जेष्ठ २७, २०७६

बलिउडका बरिष्ठ कलाकार गिरीश कर्नाडको आज सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ । उनको बैङ्लोरमा निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका कर्नाड अभिनेता, निर्देशक तथा नाटककारका रूपमा लोकप्रिय थिए । उनले पछिल्लो समय एक था टाइगर तथा टाइगर जिन्दा है जस्ता सुपरहिट चलचित्रमा समेत काम गरेका थिए । दर्जनौं नाटक खेलेर उनले अन्तराष्ट्रिय रुपमा समेत चर्चा कमाएका थिए ।

उनले भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टियूट, इण्डियाको निर्देशकका रूपमा समेत काम गरेका थिए । संगीत नाटक ऐकेडेमी र नेशनल एकेडेमी अफ पर्फफिङ आर्टसको अध्यक्षका रूपमा समेत काम गरेको अनुभब थियो । उनका एक छोरा र श्रीमती छन् ।

प्रकाशित :जेष्ठ २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्