दृश्यको अभिनय 

- साप्ताहिक संवाददाता

जेष्ठ २६, २०७६

गायक प्रमोद खरेलको ‘डुबायो पापी मायाले...’ को म्युजिक भिडियोमार्फत अभिनय क्षेत्रमा आएका अभिनेता हुन्— दृश्य सुवेदी । उक्त भिडियोबाट प्रारम्भ भएको उनको अभिनय यात्रा निरन्तर जारी छ । विगतमा मिस्टर नेपाल तथा म्यानहन्ट प्रतियोगिता सहभागिता जनाएर मिस्टर फिजिकको उपाधि जितिसकेका ५ फिट ९ इन्च अग्ला दृश्यले हालसम्म चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । 

गायिका रजिना रिमालको ‘पानीको फोका जस्तै...’ गीतको म्युजिक भिडियोले आफूलाई अभिनेताका रूपमा स्थापित गरेको उनको बुझाइ छ । दृश्यले पछिल्लो पटक गायिका रिमालकै गीत यो झरीमा..मा अभिनय गरेका छन्, जुन सार्वजनिक हुन बाँकी छ । 

नेपथ्य, मेरो बेस्ट फ्रेन्ड तथा जंग गरी तीनवटा चलचित्रमा अभिनयसमेत गरिसकेका दृश्यलाई उनले अभिनय गरेका म्युजिक भिडियोमध्ये गायक उजन नेम्बाङको ‘गौरादहको बजारैमा...’ सबैभन्दा बढि मनपर्छ । दृश्यले आगामी दिनमा पनि म्युजिक भिडियोमै अभिनय गरेर दर्शकको मन जित्ने योजना बनाएका छन् । 

प्रकाशित :जेष्ठ २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्