घरको ट्रेलर सार्वजनिक

- साप्ताहिक संवाददाता

जेष्ठ २४, २०७६

नेपाली कथानक चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि केही समय अगाडि फस्टलुक सार्वजनिक गरेको निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

सार्वजनिक ट्रेलरमा सुरक्षा पन्त, अर्पण थापा र बेनिशा हमाल देखिएका छन् । अर्पण थापाको लेखन तथा निर्देशन रहेको चलचित्रको पोस्टरले  ‘घर’ हरर चलचित्र भएको पुष्टि गर्छ । 

डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘घर’लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् । डीएस डिजिटल निर्देशक दीपेन्द्र के खनाल र सुरज पोण्डेको संयुक्त ब्यानर हो । 

चलचित्र ‘घर’ले साउन ३ गतेलाई रिलिज डेट तोकेको छ । चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाल र अर्पण थापाले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

घरको ट्रेलर :

 

प्रकाशित :जेष्ठ २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्