झिँगेदाउमा चोपेन्द्र

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७६

‘बुलबुल’ फेम्ड अभिनेता मुकुन भुषाल (चोपेन्द्र)ले चलचित्र ‘झिँगेदाउ’को शिर्ष भूमिका निर्वाह गर्ने भएका छन् ।  निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको चलचित्र ‘झिँगेदाउ’मा मुकुनलाई पक्का गरिएको हो । यो चलचित्रमा मुकुनको जोडीका रुपमा को देखिने भन्ने बारे केहि बताइएको छैन् । 

चलचित्र झिँगेदाउलाई लिएर आफू उत्साहित भएको मुकुनले बताएका छन् । उनले पुराना अनुभवी निर्देशक कमब्याक गर्दै गरेको चलचित्र भएकाले चलचित्र राम्रो बन्ने अपेक्षा गरेको समेत सुनाएका छन् ।

‘झिँगेदाउ’ साहित्यकार भिमनिधी तिवारीको लोकप्रिय कथा हो । भदौबाट चलचित्र छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।  

प्रकाशित :जेष्ठ २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्