अभिनेत्री सरिता लामिछानेलाई ज्यान मार्ने धम्की !

- साप्ताहिक संवाददाता

जेष्ठ २२, २०७६

कलाकार सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन् ।

चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी अभिनेत्री लामिछानेले राजधानीमा पत्रकार सम्मेलन गर्दै भनिन्, ‘उम्मेदवारीपछि मैले धेरै किसिमका धाक–धम्की र बेइज्यती सहिरहनु परेको छ, ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ पत्रकार सम्मेलनमा अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए ।

पेन्सनको पहल गर्ने बाचा

अभिनेत्री लामिछानेले आफू संघको अध्यक्षको निर्वाच्न जितेको खण्डमा नेपाली कलाकारहरुका लागि पेन्सनको पहल गर्ने बताइन् । उनले उपस्थित केहि सहकर्मी र मिडियाकर्मीका अगाडी उक्त बाचा गरेकी हुन् ।

लामिछाने चलचित्र कलाकार संघको निवर्तमान महासचिव हुन् । निर्वाचन जेठ २५ मा हुँदैछ । उनीसँगै अध्यक्षका लागि रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् । यसअघि यो निर्वाचन केहि हप्ताअघि हुने भनिएको थियो, तर केहि कारणले रोकिएको हो । लामिछानेले उमेद्धारी दिएका दिनदेखिनै विभिन्न विवादमा तानिएकी छिन् ।

यो पनि पढ्नुहोस्

प्रतिस्पर्धा गर्न पाउने अधिकार नखोसियोस् : सरिता लामिछाने

प्रकाशित :जेष्ठ २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्