सामसुङको नयाँ क्यामेरा सेन्सर

- साप्ताहिक संवाददाता

जेष्ठ १८, २०७६

 

विगत ६ महिना यता ४८ एमपी क्यामेरा भएको स्मार्टफोनको चर्चा निकै चुलिएको छ । यही कुरालाई मध्यनजर गरी सामसुङले अझ बढी क्षमता अर्थात ६४ एमपीको क्यामेरा सेन्सर छिट्टै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

आइसोसेल ब्राइट जीडब्ल्यू–१ नामक उक्त क्यामेरा सेन्सरले कम वा धेरै प्रकाश भएको दुवै समयमा राम्रो तस्बिर क्याप्चर गर्न सक्छ । यसमा सुपर फेस डिटेक्सन अटो फोकस टेक्नोलोजी प्रयोग गरिएको छ । यसले ४ सय ८० फ्रेम प्रतिसेकेन्डको स्पिडमा भिडियो रेकर्ड गर्न सक्छ ।

सामसुङले उक्त सेन्सरलाई यो वर्षको मध्यतिर बजारमा ल्याउने योजना बनाएको छ । त्यसपछि स्मार्टफोन निर्माता कम्पनीहरूले आफ्नो क्यामेरामा उक्त सेन्सर प्रयोग गरे भने वर्षको अन्त्य सम्ममा यसको उपयोग गर्न सकिने अनुमान गरिएको छ । 

प्रकाशित :जेष्ठ १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्