पैसा खाएको आरोप

- साप्ताहिक संवाददाता

जेष्ठ १८, २०७६

सचिन बदाधे भारतीय फुटबलमा एकाएक चर्चाका आएका प्रशिक्षक हुन् । खेलाडीका रूपमा उनले खासै केही गर्न सकेनन्, तर प्रशिक्षकका रूपमा उनले मिनर्भा पञ्चावालाई पछिल्लो सिजनको आई–लिग दिलाए । त्यसयता उनको चर्चा चुलिएको थियो । प्रशिक्षणको कामबाहेक उनी चिया पसल पनि चलाउँछन्, आर्थिक उपाजनका लागि । 

सचिन हालसालै काठमाडौंमा थिए, मिनर्भा र मनाङ मर्स्याङ्दीबीच एएफसीकपको खेलका लागि । उक्त खेल १–१ को बराबरीमा टुंगियो । त्यसपछि उनले पोस्टम्यान कन्फ्रेन्समा गम्भीर आरोप लगाए, जसले त्यो खेल चलाए, तिनै रेफ्रीमाथि पैसा लिएर आफूविरुद्ध निर्णय गरेको । सचिनले सिधा–सिधा भने, ‘रेफ्रीले पैसा खाएका छन् ।’ तय छ, उनी ढिलो चाँडो यो भनाइका लागि कारवाहीमा पर्नेछन् । 

प्रकाशित :जेष्ठ १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्