आदिवासी जनजाति चलचित्र महोत्सव हुने

- साप्ताहिक संवाददाता

जेष्ठ १७, २०७६

 

आदिवासी जनजाती चलचित्र महासंघले ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । २ वर्षदेखि आयोजना गर्दै आएको महासंघले यसपटक पनि सोहि किसिमको महोत्सव गर्न लागेको जानकारी दिएको छ ।

तीन दिनसम्म चल्ने महोत्सव आगामी २४ देखि २६ गतेसम्म राजधानीको राष्ट्रिय सभागृहमा तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव गर्न लागिएको जनाएको हो ।

महोत्सवमा २० वटाजति आदिवासी जानजाति चलचित्र, वृत्तचित्र, आदिवासी जनजाति चलचित्र प्रदर्शन गरिनुका साथै आदिवासी जनजाति चलचित्रको बस्तुगत अवस्थाका बारेमा जानकारी दिने उदेश्यले डेक्स, विभिन्न आदिवासी जनजाति समुदायको परम्परागत खानाका स्टल, आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, हस्तकला, पुस्तकलगायतको स्टल रहने महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले जानकारी दिए ।

महोत्सवमा पब्लिक च्वाइस अवार्ड, उत्कृष्ट आदिवासी जनजाती चलचित्र, उत्कृष्ट पुरुष र महिला कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट क्यामेराम्यान गरी ६ विधामा एवार्ड प्रदान गरिने महासंघले जनाएको छ ।

प्रकाशित :जेष्ठ १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्