मोडलबाट गीतकार

- साप्ताहिक संवाददाता

जेष्ठ १७, २०७६

दुवाकोट, भक्तपुरका राज पोखरेल नेपाली गीतका म्युजिक भिडियोका स्थापित अनुहार हुन् । गायक प्रमोद खरेलको गीत ‘याद गर्न पनि...’ बाट भिडियोमा अभिनय गर्न थालेका राजले यो अवधिमा दर्जनौं गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

प्रमोद खरेल,  इन्दिरा जोशी, योगेशकाजी, राजेशपायल राई आदि गायक–गायिकाका लोकप्रिय गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका पोखरेल यतिबेला गीतकारका रूपमा सक्रिय हुन थालेका छन् । उनले आफ्नै शब्दका झन्डै एक दर्जन गीत रेकर्ड गराइसकेका छन् ।

सान्नानी तथा आफ्नो बन्ने बहानामा गीतबाट गीतकारका रूपमा स्थापित हुने अपेक्षा गरेका पोखरेलले निकट भविष्यमै आफ्नै शब्दको गीति एल्बम तयार पार्ने योजना बनाएका छन् । 

प्रकाशित :जेष्ठ १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्