पाइलटको दैनिकी

- दिनेश बञ्जारा

जेष्ठ १६, २०७६

 

मध्यरातमा खाडी मुलुकको उडान भर्न तम्तयार भएको पाइलटको मोबाइलको 

घण्टी बज्छ ।

पाइलट : हेल्लो

उताबाट आवाज आउँछ :‘हेल्लो हजुर, मैले सार्‍है नराम्रो सपना देखेँ, मिल्छ भने हजुर आफ्नो फ्लार्ईट क्यान्सिल गरी हामीसँगै बस्नुस् न ।’ (श्रीमती र छोरा छोरीको फोन हुन्छ ।)

पाइलटस : तिम्रो सपनालार्ई थाती राख प्रिय, म अहिले सयौँ नेपालीको सपना साकार पार्न उनीहरूसँगै खाडी मुलुकतर्फ जाँदैछु ।

उताबाट आवाज आउछ : ‘ए हजुर ! अरूको सपना साकार पार्नका लागि तपाईं–हामीलार्ईर् बिर्सन सक्नुहुन्छ र ?’

पाइलट : मलिन र थकित आवाजमास

हेर प्रिय सोचे र सम्झेजस्तो जिन्दगी कहाँ हुन्छ र सबैको, जहाँ कैयौं इच्छा र चाहनालार्ईर् एउटै बाध्यताले मार्नुपर्ने पनि 

हुँदो रहेछ ।

उताबाट उदासीन 

आवाज आउँछ,

खै के भनौं र अब, केही 

बोल्नै सकिनँ...,

(सुँक्क–सुँक्क रुँदै गरेको आवाजमा)

शुभ यात्रा

पाइलट : के गर्छौ प्रिय, जमिनमा हुनेले ती पाइलट जसरी नै आकाशमा उड्न पाए हुन्थ्यो भनी प्रार्थना गर्छन्, तर हामी आकाशमा उड्नेहरूले सकुशल जमिनमा उत्रन पाए हुन्थ्यो भनेर प्रार्थना गरिरहेका हुन्छौं ।

यत्तिकैमा जहाजले धावन मार्ग छोड्छ र केही घण्टापछि ती थकित पाइलटले श्रीमतीको फोनमा म्यासेज छोड्छन्, ‘वी आर सेफ्ली ल्यान्डेड’ म्यासेज हेरेपछि पाइलटकी श्रीमतीले मनमनै भन्छिन्, थ्यांक्स गड ! धन्न मेरो सपनालार्ईर् सपनामै सीमित गरिदिनुभयो ।

नोट : हरेक सपना पूरा होस् भन्ने चाहना पनि कहिलेकाहीँ घातक सावित हुन सक्छ ।

पाँचपोखरी, सिन्धुपाल्चोक

प्रकाशित :जेष्ठ १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्