‘चपली गर्ल’ बीनिता बरालले गरिन् बिहे

- साप्ताहिक संवाददाता

जेष्ठ १५, २०७६

चपली हाइट फेम अभिनेत्री बीनिता बरालले बिहे गरेकी छिन् । केहि बर्षअघि अमेरिका पलायन गएकी उनले अमेरिका निवासी तिलक पौडेलसँग बिहे बन्धनमा बाधिएकी हुन् ।

अचम्मको कुरा त के हो भने उनले अहिले जोसँग बिहे गरेकी छिन्, उनलाई बीनिताले भाई हो भन्दै आएकी थिइन् । अमेरिकामा समेत उनले तिलकलाई भाई हो भन्ने गरेको उनि निकट ब्यक्तीहरु बताउँछन् ।

झण्डैं ४ बर्षको प्रेम सम्वन्धपछि बिहे गरेकी बीनिताले आज सामाजिक संजालमा बिहे भएका तस्विर शेयर गरेकी हुन् । चपली हाइटपछि एकाएक अग्र्यानिक खेतीमा लागेपछि बीनिताको विषयमा चौतर्फी प्रशंसा समेत गरिएको थियो । धेरैले उनलाई चलचित्र क्षेत्रमा काम गर्ने अनुमान गरेका थिए तर सबैको सोचभन्दा बेग्लै किसिमले बीनिता अध्ययनका लागी भन्दै अमेरिका गएकी थिइन् ।

उनको बिहेमा नजिकका थोरै साथिभाइ र आफन्त मात्रै उपस्थित भएको बुझिएको छ ।

बीनिता र तिलकलाई बैवाहिक जीवन सफल होस्, शुभकामना !

 

प्रकाशित :जेष्ठ १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्