आठौं पटक टुर द लुम्बिनी

- स्वस्तिक श्रेष्ठ

जेष्ठ १५, २०७६

साइक्लिङमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रारम्भ गरिएको टुर द लुम्बिनीको आठौं संस्करण पूरा भएको छ । प्रत्येक वर्ष काठमाडौंबाट बुद्धजन्मस्थल लुम्बिनीसम्म साइकल यात्रा गरी टुर द लुम्बिनी अभियान चलाइँदै आएको छ ।

विश्व साइकलयात्री पुस्कर शाहको अगुवाइमा यो अभियान थालनी भएको हो । अभियानमा सहभागी एक सय स्वदेशी तथा विदेशी साइकलयात्रीले यो जेठ १ गते बुधबार काठमाडौको भगवान पाउबाट यात्रा प्रारम्भ गरेका थिए ।

यात्रामा काठमाडौंबाट १ सय जना, पोखराबाट १५ जना, बुटवलबाट १२ जना तथा नेपालगन्जबाट १ जनाले सहभागिता जनाएका थिए । करिब ३ सय २५ किलोमिटरको दूरी हेटौंडा, नारायणगढ, कावासोती तथा बुटवल हुँदै बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा पुगेर यो साइकलयात्रा सम्पन्न भएको हो ।

प्रकाशित :जेष्ठ १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्