चर्को गर्मी छल्ने उपाय के होला ?

- साप्ताहिक संवाददाता

जेष्ठ १५, २०७६

जे लाए पनि गर्मी हुन्छ मलाई त, नाङ्गै हिँडूँ कि जस्तो लागिरहेको छ । 

सुदिन 

बिहान–बेलुका नुहाउने, क्राँका धेरै खाने, चिसो दही खाने अनि शीतलमा बस्ने, दिउँसो घाममा यताउता जानुपर्‍यो भने बाक्लो छाता ओढ्ने । 

दीपक तामाङ 

दिनभरि एसी जडान गरिएका बैंक अनि मलहरूतिर घुम्ने । 

चारघरे कान्छा 

सूर्यले घुस खाँदैनन्, अब केपी बाले कुनै नयाँ योजना ल्याउँछन् कि ? 

शाही सूर्य 

फिलिङ हट भनेर सोसल साइटमा स्टाटस हाल्ने । 

युजेन महर्जन 

चलाख हुनुको पनि सीमा हुन्छ नि ! आफूलाई गर्मी छल्ने उपाय नआएपछि हामीसँग प्रश्न सोध्ने ? म त मरिगए भन्दिनँ । 

धनकुमार योन्जन 

नजिकको कुनै प्राइभेट बैंकमा जाने, दिनभरि एसीमा बसेर बेलुका घर फर्कने । 

मनदीप पौडेल 

लाटो सम्झिएको हो ? गर्मी छल्न घाममा ननिस्किने नि, कुरै खत्तम । 

भरत भण्डारी निराशी 

कपाल खौरिने, खोलामा पौडिने, कट्टु–गन्जी लगाउने र सिम्लेका ढुंगामा मस्तसँग सुत्ने । 

डी चिरन जिभी 

केटीहरूले फूल बाहुलाको कमिज र पाइन्ट लगाउने, केटाहरूले मिनिस्टक, सक्किगो नि ! नयाँ जमाना भन्छन् । गर्मीमा कुल हुन फेसन पनि नयाँ ? कस्तो कुरा नबुज्या ? 

नवराज भुमरी आचार्य 

अरबतिर आउनुहोस्, सिकाइदिउँला । यता ४५ डिग्री तापक्रम छ । यतिबेला अरबमा काम गर्ने हामी नेपाली दाजुभाइलाई थाहा छ, गर्मी कसरी छल्ने भन्ने कुरा ?

वसन्त सापकोटा 

सगरमाथा खरिद गरी चुचुरोमा घर बनाउने विषयमा गम्भीर चिन्तन गर्दैछु । तपाईंहरूलाई पनि चाहियो भने सम्पर्क गर्न अनुरोध छ । 

विष्णु पन्थी 

घरभित्र बसेर पंखा चलाउनुभन्दा अर्को उपाय छैन हजुर । अर्को वर्ष पनि त्यसै गर्नुपर्ने बाध्यता छ, अब रूख लगाऊँ भने ठाउँ छैन । अरूको बारीमा लगाऊँ मारिहाल्छन्, आफ्नोमा ठाउँ पुग्दैन । पीडा छ हजुर । अँ, गर्मीमा घमौराचाहिँ नकन्याउनुहोला । 

जीवन बिमा 

के गर्नु दाजु, चौतारा मासिहाले, पार्कहरूमा सटर हालेर व्यापार गर्न थालिसके । तालतलैया पौडी खेल्न लायक छैनन्, उही घरभित्र बसेर ह्याप्पी समर त भन्ने होला नि ! 

तरु पाक 

पानी प्रशस्त मात्रामा पिउने, बाहिर घाममा निस्कँदा केटा हुन् वा केटी छाता ओढ्ने । नोट ः केटाहरूलाई छाता ओढ्न अप्ठ्यारो लागे पिरतीको छाता सम्झेर ओढौं । 

सन्दीप सुवाल 

खोलामा पौडी खेल्ने, कपाल तक्लु बनाउने, सेतो रंगका पहिरनमा जोड दिने, छाता ओढेर हिँड्ने अनि फ्यान खोलेर मज्जाले सुत्ने । 

पृथक् 

पानीमुनी घर बनाउने । 

श्री श्रेष्ठ 

पानी बढी पिउने, फलफूलको रस तथा चिसो पेय पिउने, हिँड्दा छाता, चस्मा, क्याप, छत्रे टोपी आदि प्रयोग गर्ने । 

पदम बीके 

केपी ओलीको उखान टुक्का सुनेपछि गर्मीसर्मी सबै छुमन्तर हुन्छ भन्या । 

मोहन गौतम 

नेपालको तीन भागमा तीन फरक–फरक मौसम छ, ती तीनवटै ठाउँमा तीनवटा घर बनाउने अनि जता सजिलो लाग्छ उतै सर्ने । 

रश्मि मल्ल ठकुरी 

प्रकृतिको नियम, जाडो र गर्मीलाई नि ढाँट्न–छल्न सकिन्छ र ? कस्तो प्रश्न क्या ? गर्मीबाट जोगिन पंखा चलाएर बस्ने, चिसो बढी पिउने । 

देव भुजेल 

दार्चुला आउनुहोस्, यार्सा पनि टिप्नु, भ्रमण नि गर्नु, पैसा पनि कमाइने अनि गर्मीबाट पनि जोगिने । 

विष्ट एस विष्ट 

साप्ताहिकको कार्यालयमा एसी छ कि छैन ? छ भने आफ्नै अफिसमा बस्ने, छैन भने गर्मी खाने ? 

दीपक पौडेल कान्छा

नेपालमा वैशाख–जेठ महिनामा नभएको गर्मी कहिले होला ? गर्मी मानिसको रहर नभएर बाध्यता भएकाले यसबाट उत्पन्न तापबाट कसरी छलिने ? त्यो कुरा तपाईं आफैं जान्नुहोस् । हामी भित्री मधेसका मानिसका लागि लागि नो टेन्सन । 

भुपाल थापा 

प्रकाशित :जेष्ठ १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्