मेलिनाको सक्रियता

- साप्ताहिक संवाददाता

जेष्ठ १४, २०७६

गायिका मेलिना राईलाई यतिबेला भ्याइ–नभ्याइ छ । उनी चलचित्रको पार्श्व गायनमा त सक्रिय छिन् नै, एकल तथा यूगल आधुनिक गीतमा पनि उक्तिकै सत्रिय छिन् ।

राईले गाएका नयाँ–नयाँ गीतका म्युजिक भिडियो हरेक साताजसो सार्वजनिक भैरहेका हुन्छन् । तीमध्ये कतिपय गीत लोकप्रिय हुन्छन् ।

पछिल्लो समय मेलिनाले गायक रमेश पाठकसँग गाएको एउटा युगल गीतले दर्शकको मन जितेको छ । युट्युबको ट्रेन्डिङमा समेत परिसकेको के गर्ने के गर्ने माया शीर्षकको उक्त गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक छ ।

अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री पूजा शर्माको अभिनय तथा नृत्यको उक्त गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् । 

प्रकाशित :जेष्ठ १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्