क्रिकेटको  वैधानिक संस्था भैदिएको भए ...

- जनक तिमिल्सिना

जेष्ठ १४, २०७६

ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान हुन् । अहिले एकेडेमी र घरायसी काममा व्यस्त मल्ल चाँडै प्रधानमन्त्री कप र विश्वकप छनौटको तयारीमा लाग्नेछन् । हालै माक्र आईसीसीले त्रिकेटको डिभिजन संरचना खारेज गरेको छ । मल्लसँग आईसीसीको पछिल्लो निर्णय, नेपाली क्रिकेटको अवस्था आदि विषयमा केन्द्रित रहेर साप्ताहिकका जनक तिमिल्सिनाले गरेको कुराकानी :

अबको योजना के छ ? 

घरेलु समस्याले गर्दा पर्सनल क्रिकेटलार्ई टाइम दिन सकिरहेको थिइनँ, अब पर्सनल क्रिकेट ट्रेनिङलार्ई पनि म्यानेज गर्छु । प्रधानमन्त्री कप क्रिकेट पनि हुँदैछ, त्यसमा सहभागी हुन्छु । त्यसका साथै जुलार्ईमा हामी क्लालिफायर खेल्दैछौं त्यसका लागि तयारी गर्ने योजना छ । 

आईसीसीको पछिल्लो निर्णयले डिभिजन क्रिकेट हटायो, क्लालिफायरमा पनि केही नयाँ ढाँचा तय गर्‍यो । यसले हाम्रो क्रिकेटलार्ई कत्तिको फाइदा पुर्‍याउने देख्नुहुन्छ ? 

आइसीसीले जुन वर्ल्डकप क्वालिफायर बनाएको छ, त्यसले एसोसिएट नेसनलार्ई फाइदा गरेको छैन, किनभने १० वटा मात्र राष्ट्र हुँदा टेस्ट प्लेइङ नेसनले मात्र मौका पाउने सम्भावना बढी छ । त्यसको अर्थ एसोसिएटले खेल्नै नसक्ने र टेस्ट खेलिरहेका देशलार्ई हराउनै नसक्ने भन्ने होइन । त्यसका लागि एसोसिएटलार्ई अझ धेरै समय लाग्छ, अझ बढी प्रशिक्षण दिनुपर्छ । टेस्ट खेल्ने राष्ट्रहरू नै ११ वटा भैसकेपछि गाह्रो छ, तर सकारात्मक कुरा भन्नुपर्छ, एकदिवसीयको मान्यता दिएर होम एन्ड अवे सिरिज खेलाउने निर्णय लिइएको छ । त्यसले क्रिकेटको फरक माहौल तयार गर्छ । यद्यपि क्वालिफायरको स्ट्रक्चरले नेपाल मात्र होइन, एसोसिएट राष्ट्रहरूमाथि नै केही मार परेको छ । विश्वकप क्रिकेट १६ देशबीच गरे राम्रो हुन्थ्यो । टी—२० जस्तो डबल टायरमा गर्दा धेरै राम्रो हुन्छ । नेपालमा जसरी क्रिकेटको माहौल तातेको थियो, त्यो पनि वर्ल्डकप खेलेकै कारण तातेको हो । त्यस्तै अर्को वर्ल्डकप खेल्न पाए नेपाली क्रिकेट अर्को लेभलमा पुग्ने थियो । 

एकदिवसीय मान्यता पाएका सातवटा देशले २ वर्षमा १ सय ३६ वटा खेल खेल्दैछन् । यसले क्रिकेटको विकासमा सहयोग पुग्छ तर विश्वकप छनौटका लागि केही फाइदा पुगेन भन्नुभएको हो ? 

हो, यो सत्य हो । एकदिवसीय स्टाटस पाउनु राम्रो कुरा हो, किनभने पहिले हामीलार्ई त्यति क्रिकेट खेल्ने अवसर थिएन । एकदिवसीयसम्बन्धी पछिल्लो निर्णयले सबै देशमा एक किसिमको उर्जा आउँछ, सेटअप आउँछ, क्रिकेटलार्ई एउटा लेभलमा अगाडि लान सकिन्छ । हामीले पनि अन्य एकदिवसीय मान्यताप्राप्त देशहरूसँग खेल्न सक्छौं, सिरिज खेल्न सक्छौं । त्यसले अहिलेको हाम्रो क्रिकेटको स्तरलार्ई धेरै माथि त लान्छ, तर विश्वकप अझ अप्ठ्यारो बनाइदिएको छ अहिलेको सिष्टमले ।

 

भनेपछि हाम्रो जस्तो देशका लागि विश्वकपसम्म सहज पहुँच बनाउन विश्वकप खेल्ने टिमहरूको संख्या बढाउनुपर्छ ? 

हो, बढाउनुपर्छ । १०–१२ पछि के हुन्छ भन्न सकिँदैन । नेपालमा पछिल्लो पुस्तामा राम्रा–राम्रा प्रतिभा आइरहेका छन् । हामी त्यतिबेला टेस्ट नेसन भएर सीधै क्वालिफायर पनि हुन सक्छौं, अहिलेकै अवस्थामा टेस्ट नेसन भएर पनि टप ८ बाहेक अरूले पनि क्वालिफायर खेल्नुपर्ने भएको छ । अहिले विश्वकप छनौट अझ कठिन बनाइएको छ । 

प्रसंग बदलौं, पछिल्ला वर्षहरूमा हाम्रो क्रिकेट गर्भनिङ बडीलाई आईसीसीले निलम्बन गरेको छ । यसले के–कस्ता समस्या सिर्जना भैरहेका छन् ? 

नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि मात्र होइन, नेपाली क्रिकेटका लागि यो सबैभन्दा ठूलो समस्या हो । यसले डेभलपमेन्ट प्रोसेस नै ठप्प भएको छ । सरकार पनि क्रिकेटमा लगानी गर्न उत्सुक भएका बेला संघ भैदिएको भए, वैधानिक संस्था भैदिएको भए त्यसको फाइदा हुन्थ्यो । अहिले कर्पोरेट हाउसहरू फनि क्रित्रेटप्रति आकर्षित भैरहेका छन् । संघ भएको भए खेलाडी, टिम र ओभरअल क्रिकेटकै विकासमा बेनिफिट हुन्थ्यो । हामीले महत्वपूर्ण खेलहरू केन्या र नामिबियासँग मात्र घरेलु मैदानमा खेल्न पायौं, पपुवा न्युगिनीसँग पाएनौं । नेपालमा हुनुपर्ने कति टुर्नामेन्ट मलेसिया गैरहेका छन् । एसियन स्तरका क्वालिफायरहरू नेपालमा पनि हुने थिए, बोर्ड नभएका कारण ती पनि भैरहेका छैनन् । एकदिवसीय मान्यता पाइसकेपछि पनि हामीले त्यसको भरपूर प्रयोग गर्न पाइरहेका छैनौं । अरू देशहरूलार्ई निमन्त्रणा पठाएर सिरिज गर्न पाइरहेका छैनौं । अहिले क्रिकेटका कामहरू समस्याग्रस्त अवस्थामा सञ्चालन भैरहेका छन् । त्यसबाहेक यु–१६, यु–१९ को स्पष्ट योजना हुनुपर्थ्यो, त्यो पनि छैन । रंगशालाको अवस्था पनि राम्रोसँग ब्यवस्थापन भैरहेको छैन । घरमा एउटा अभिभावक हुनु र नहुनुमा फरक हुन्छ । सधैं आईसीसीको मुख ताक्ने कुरा पनि आउदैन् ।

 

क्यान निलम्बनका कारणले नेफाली क्रिकेटले के–कस्ता अवसर गुमाएजस्तो लाग्छ ? 

अहिले त्रिकेटको विकासमा सरकारले जसरी लगानी गर्न खोजिरहेको छ, कर्पोरेटहरू लागिरहेका छन् । क्यान भैदिएको भए यो काम अझ अगाडि बढ्थ्यौं । अहिले डोमेस्टिक स्ट्रक्चर प्रर्पर छैन हामीसँग । एकदिवसीय मान्यता भैसकेपछि हिजोअस्तिदेखि नै हाम्रो होमवर्क र सेटअप टेस्ट स्टाटसका लागि हुनुपर्थ्यो । जबकि अहिले त हाम्रो घरेलु प्रतियोगिता समेत छैन । कर्पोरेटहरूले केही प्रतिस्पर्धा सञ्चालन गरिरहेका छन्, त्यो बेग्लै कुरा हो । जहाँ ७–८ महिना क्रिकेट खेल्न सकिन्छ, अहिले त्यो सिजनको पूर्ण प्रयोग भैरहेको छैन । ५० ओभरको तथा दुई दिनको क्रिकेट पनि भैरहेको छैन । स्कुल क्रिकेट पनि ठप्पजस्तै छ । स्पष्ट संरचनामा क्रिकेटका खेलहरू भैरहेका छैनन् । खेलाडीले पाउनुपर्ने सुविधाहरू, ग्राउन्डको स्तरोन्नति आदि भएको छैन । अहिलेसम्म हामीले ७ वटै प्रदेशमा एउटा–एउटा राम्रो क्रिकेट रंगशाला पाउनुपर्थ्यो त्यो पनि छैन । यसले संरचनागत विकासलार्ई नै असर गरिरहेको छ । 

नेपालको क्रिकेटस्तरलार्ई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

अहिले एकदमै परिवर्तन आएको छ । क्रिकेटलार्ई हेर्ने मानसिकता र कल्चर चेन्ज भएको छ । पहिले क्रिकेट सीमित थियो, योजनाबद्ध थिएन । अहिले त्यसमा परिवर्तन आएको छ, अहिले आउने नयाँ प्रतिभाहरूमा हाम्रो बेलाको भन्दा बढी क्षमता देखिन्छ । त्यो भनेको नेपाली क्रिकेटका लागि राम्रो संकेत हो । ठाउँ–ठाऊँमा क्रिकेट एकेडेमीहरू खुलिरहेका छन्, त्रिकेट कल्चर बसिरहेको छ । त्यसकारण नेपाली क्रिकेट सही बाटोमा छ, त्यसमा अझै एउटा अभिभावक भयो भने यसलार्ई ठूलो रूपमा अघि बढाउन सकिन्छ ।

ट्वान्टी—२० को विश्व वरियतामा नेपाल अहिले ११ औं स्थानमा छ । यो स्टाटस कायम राख्न के गर्नुपर्ला ? 

हामीले कम राउन्डका गेमहरू मात्र खेलेका छौं, हामीले आफूभन्दा बलिया प्रतिस्पर्धीहरूसँग खेल्न बाँकी नै छ । हामी सधैं ११ मा मात्र रहने होइन, अझ धेरै र ठूला टिमहरूसँग खेल्नुपर्छ । त्यस्ता टिमहरूसँग खेलेर यो स्तर मेन्टेन गर्नु छ । त्यसलार्ई मेन्टेन गर्न सर्वप्रथम त टी—२० इन्टरनेसनल जति सक्यो बढी खेल्नुपर्‍यो । हामीले एकदिवसीय र ट्वान्टी—२० स्टाटस प्रयोग गर्नुपर्‍यो । अरू हामीभन्दा बलिया टिमहरूसँग अझ टेस्ट राष्ट्रसँग खेल्नुपर्‍यो । र्‍यांकभन्दा पनि ठूलो कुरा यसले हामीलार्ई उहाँहरूको स्तरको क्रिकेट खेल्नेमा पुर्‍याउँछ । त्यति भैसकेपछि र्‍याङ्किङमा थप सुधार आउँछ ।

 

नेपालमा हामीले अहिले सिरिजहरू पनि गर्न सकिरहेका छैनौं । सिरिज गर्नका लागि के गर्न सकिन्छ ? 

त्यसका लागि मुख्य त क्रिकेट बोर्ड हुनुपर्थ्यो । बोर्ड नभएपछि आईसीसीको मुख ताकिरहनुपर्ने बाध्यता छ । खेलकुद परिषद्लगायतका निकायबाट अलि अझ राम्रो म्यानेज गर्ने हो गर्न सकिन्छ होला । आईसीसीसँग राम्रो समन्वय गरेर उहाँहरूले यहाँको जिम्मा लिएर अरु देशलार्ई निमन्त्रणा गरेर सिरिजहरू सञ्चालन गर्न सकिन्छ ।

घरेलु क्रिकेट वातावरण फ्रेन्चाइजमय भएको छ । यो वातावरणलार्ई कसरी लिन सकिन्छ ? 

हामीकहाँ तीनवटा फ्रेन्चाइज लिग छन्, तीनवटैमा ६/६ वटा फरक–फरक टिम मालिक छन् । यसमा धेरै कम्पनीले लगानी गरिरहेका छन् । क्रिकेट त अहिले नेपालमा सबैले यति मन पराइदिनुभएको छ कि यो एकदमै सकारात्मक समय हो । क्रिकेटमा कर्पोरेट क्षेत्रको लगानी पनि एकदमै राम्रो हुँदै गएको छ । बोर्डलगायतका थप कुरा मिल्ने हो भने उहाँहरू थप लगानी गरेर अगाडि आउनुहुन्छ । यसले क्रिकेटमा व्यवसायिकता ल्याउँछ । पहिले १५–२० जना राष्ट्रिय टिमका खेलाडीले मात्र सुविधा र एक्स्पोजर पाउँथे भने अहिले लिगले गर्दा झन्डै १ सयदेखि १ सय ५० जनासम्म खेलाडीले एक्स्पोजर पाइरहेका छन् । विदेशी खेलाडी तथा प्रशिक्षकहरूसँग समन्वय गर्ने र सिक्ने मौका छ । व्यवसायिकतासँगै क्रिकेट कल्चरमा पनि परिवर्तन आइरहेको छ । त्यसले राष्ट्रिय क्रिकेट विकासमा पनि टेवा फुर्‍याइरहेको छ । 

सरकारले क्रिकेट संरचना र त्रिकेट खेलाडीहरूको क्षमता एवं आयस्तर वृद्धिमा किन सोच्न नसकेको होला ? 

सरकारी स्तरमा सबै काममा ढिलासुस्ती छ । यस पटक प्रधानमन्त्री कपको तेस्रो संस्करण भए पनि हामी जेठमा सुरु गर्दैछौं । जबकि यसभन्दा पहिले पर्पर टाइममा गर्नेछौं भनिएको थियो । सरकारी काम के ले कहाँ अड्किन्छ पत्तै हुन्न । सरकारी प्रक्रिया नै ढिला हुने भएकाले त्यसमा सुधार जरुरी छ । सरकारले क्रिकेटमा लगानी र माया नगरेको होइन् गरिरहनुभएको छ । प्रदेश–प्रदेशमा क्रिकेट ग्राउन्ड बनाउने भनेर लगिरहनुभएको छ । तर, त्यसका लागि चुस्त म्यानेजमेन्ट छ त ? क्रिकेटिङ ब्याकग्राउन्डका मानिसहरू त्यसमा इन्भल्ब भैरहेका छन् त ? अबको १० वर्षपछिको सोचमा गैरहेको छ कि छैन ? त्यसअनुरूपको योजना छ कि छैन ? त्यो निश्चित लयमा जानुपर्थ्यो । सरकारले ढिलो गरे पनि क्रंकिट हिसाबले गरोस्, तर राम्रो गरोस ।

 

केही वर्षअघिसम्म राष्ट्रिय टिमका नेपाली क्रिकेटरलार्ई फुलटाइम क्रिकेटर बन्नै समस्या थियो । अहिले त्यो अवस्थामा सुधार आएको हो ? 

एकदमै, म एकेडेमीमा इन्भल्ब भएको १० वर्ष भैसक्यो, सुरुमा कोही तालिम गर्न पनि आउँदैन थिएँ । नेपालले विश्वकप खेलिसकेपछि अभिभावकहरू नै आफ्ना छोराछोरीलार्ई एकेडेमीमा लिएर आउन थाले । नयाँ—नयाँ कर्पोरेट इभेन्टहरू आउन थाले । क्रिकेटको समग्रस्तर वृद्धि हुँदै गयो, सुविधाहरू पनि आउन थाले । सुरुमा त केही पनि थिएन, खेल्दै गएपछि एचिभ गर्दै गयौं र सुविधाहरू पनि थपिँदै गए । कलेज तथा कर्पोरेट हाउसहरूले सपोर्ट गर्न थाल्नुभयो । त्यसपछि एउटा टुर सकेर आएपछि अर्को टुरका लागि तयार रहनुपर्छ भन्नेमा ढुक्क हुन थालियो । अर्को प्रतियोगिता आउदैं छ भनेर म १२ महिना नै व्यस्त रहन थाले । आर्थिक रूपमा सरकार, कर्पोरेटलगायतले सपोर्ट गरेकाले अहिले म ढुक्कसँग क्रिकेटमा करिअर बनाउँछु भन्ने वातावरण निर्माण भएको छ । सरकार, कर्पोरेट एवं क्रिकेटमा लागेका मानिसहरू मिल्ने हो भने अब आउने जेनरेसनको भविष्य सुनौलो छ । भारतमा कपिलदेव र तेन्दुलकरहरूले जुन कुरा पाउनुभएन अहिलेको जेनरेशनले के पाएको छैन ? यो क्रिकेट विकसित हुँदै जाँदाको परिणाम हो । अहिले आईपीएल खेल्दा खेलाडीको भविष्य नै सेटल हुन्छ, ऊ स्टार हुन्छ । आईपीएल खेलेपछि सन्दीप लामिछानेको जीवनशैलीमै परिवर्तन आयो । 

क्रिकेटमा आइरहेका नयाँ युवा खेलाडीहरू कस्ता छन् ? 

एकदम पोजिटिभ र एग्रेसिभ क्यारेक्टरहरू आइरहेका छन् । हामी खेल्दाखेरि अलि संकुचित थियौं, हामी ठूलो सट खेल्न डराउथ्यौं, तर अहिलेका खेलाडीहरू एग्रेसिभ, पोजिटिभ र फ्रिली खेल्छन् । अर्को कुरा हामी आउँदा डिभिजन ५ खेल्थ्यौं, अहिले आउनेले सुरुमै ओडीआई खेल्ने अवसर पाउँछन् । उनीहरूको स्कील हेर्दा पनि त्यो उमेरमा हाम्रो तुलनामा उनीहरू नै बेटर हुन् कि जस्तो लाग्छ ।

युवा पुस्तालार्ई के सुझाव दिन चाहनुहुन्छ ? 

क्रिकेटमा करिअर बनाउन सकिन्छ तर यो अलिकति ट्रिकी र जोखिमपूर्ण छ । क्रिकेट खेल्ने हो, तर पहिलो प्राथमिकता आफ्नो पढाइलार्ई दिनुपर्छ । पढाइलार्ई एउटा लेभलमा पुर्‍याउनुपर्छ र सँगसँगै क्रिकेटलार्ई लिएर जानुपर्छ । हामी क्रिकेट खेल्ने भनेर पढाइ नै छाडिदिन्छौं, परिस्थिति कहिलेकाहीं कस्तो भैदिन्छ भने कहिले इन्जर्ड हुन सकिन्छ, नेसनल टिममा सबै पर्छन् भन्ने हुँदैन, सबै ठूला प्लेयर बन्छन् भन्ने पनि ग्यारेन्टी हुँदैन, तर पढाइलार्ई पनि अघि बढाउँदा आफू सेफ साइडमा भइन्छ । क्रिकेटमा पूरै हामफालेर लाग्ने अवस्था पनि छैन, तर राम्रो क्रिकेट खेल्ने हो भने अवसर पाइन्छ । अहिलेको अवस्थामा एटलिस्ट स्नातकसम्म पढ्नैपर्छ ।

 

क्रिकेटको पावरहाउस देशको वरिपरि छौं । ती देशबाट के बेनिफिट लिन सक्छौं ? 

टाढा पनि जानु पर्दैन, सबैभन्दा नजिक भारत छ । अहिले अफगानी क्रिकेट टिम भारतमै बसेर खेलिरहेको छ । उनीहरूबाट राम्रो रंगशाला निर्माण गराउन, त्यहाँ गएर लिगहरूमा अवसर, टुरका अवसर, उनीहरूसँग अभ्यास गर्नेजस्ता फाइदा लिन सक्छौं । उनीहरूसँग तालिम लिन पायौं भने पनि धेरै कुरा सिक्न सकिन्छ । बंगलादेश क्रिकेट बोर्डसँग सहकार्य गरेर एक्सचेन्ज प्रोग्राम गर्न सक्छौं, हाम्रा युवाहरू त्यहाँको एकेडेमीमा प्रशिक्षणका लागि पठाउन सक्छौं । भारतको बीसीसीआईसँग सहकार्य गरेर हाम्रा युवा खेलाडीहरूलार्ई त्यहाँ पढ्ने व्यवस्था मिलाउन सक्छौं । यस्ता धेरै अवसर हामी क्रिकेटका पावर हाउस देशबाट लिन सक्छौं । 

नेपालललाई क्रिकेटको न्युट्रल भेन्युका रूपमा विकास गर्ने सम्भावना के छ ? 

यो सम्भावना धेरै पहिले नै देखेर खेलाईसकिएको पनि हो । हामी सानै छदा लेजेन्ड कप भएको थियो, मेरो विचारमा नेपालको सबैभन्दा ठूलो टुर्नामेण्ट नै त्यही हो । त्यसमा कपिलदेवदेखिका विश्वका प्रख्यात खेलाडीहरू आएर खेल्नुभएको थियो । त्यतिबेला नै टियुमा न्युट्रल भेन्युको कन्सेप्ट थियो । त्यसलार्ई हामीले क्यास गर्न मात्र नसकेका हौं । अहिले दुबईलार्ई रोज्नुको पछाडि त्यहाँ सबै फ्यासिलिटी हुनु पनि हो । त्यो भन्दा हाम्रोमा पक्कै राम्रो छ, एउटा त वातावरण र हावापानी राम्रो छ । हामीले भारत र पाकिस्तानको क्रिकेट नेपालमा गराएर उनीहरूको विग्रिएको सम्बन्ध पनि सुधार गर्न सहयोग गर्न सक्छौं । सरकार गम्भीर भएर अघि बढ्यो भने नेपालललार्ई क्रिकेटको न्युट्रल भेन्युका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छन् । 

प्रकाशित :जेष्ठ १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्