आफ्नै कपालको स्वयंवर औंठी

- साप्ताहिक संवाददाता

जेष्ठ १३, २०७६

स्वयंवरमा औंठी आदान–प्रदान गर्ने चलन धेरै सम्प्रदायमा छ । विवाहमा स्वयंवरको औंठीको महत्व बहुमूल्य हुने हुँदा धेरैले महँगा औंठी नै प्रयोग गर्छन् ।

औंठीको मूल्य महँगो भएर मात्र बहुमूल्य हुने होइन, मायाले गर्दा नै त्यो बहुमूल्य हुने देखेर एक पुरुषले आफ्नी प्रेमिकालाई आफ्नै केशबाट तयार पनरिएको औंठी स्वयंवरमा लगाइदिएका छन् ।

श्रीमान्कै कपालको रौंको औंठी पाएपछि त्यसलाई अनौठो मानेर ती प्रेमिकाले सामाजिक सञ्जालमा अपलोड गरिन् अनि त्यसपछि के चाहियो र ? प्रतिक्रिया र बधाईको ओइरो ! 

प्रकाशित :जेष्ठ १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्