विवाहअघिको उत्साह

- साप्ताहिक संवाददाता

जेष्ठ १३, २०७६

आयुष्मान देशराज जोशी तथा प्रियंका कार्की निकट भविष्यमै वैवाहिक जीवनमा बाँधिदै छन् । सम्भवतः उनीहरूले आउँदो असारमा लगनगाँठो कस्नेछन् । अघिल्लो वर्ष नै इन्गेज्मेन्ट गरेको यो जोडी यतिबेला भने आफ्नै जोडीको प्रमुख भूमिका रहेको चलचित्र प्रेम दिवसको पर्खाइमा छ ।

जेठ  ३१ गतेदेखि प्रदर्शनमा आउने उक्त चलचित्रमा प्रियंका कार्की केन्द्रीय भूमिकामा छन् । उनले चलचित्रका दुई अभिनेता (आयुष्मान तथा विशाल खरेल) सँग अनस्क्रिन रोमान्स गरेकी छिन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित उक्त चलचित्रबाट आफू उत्साहित भएको प्रियंकाले बताइसकेकी छिन् । यो वर्ष २०७६ मा प्रदर्शन हुने प्रियंकाको पहिलो चलचित्र हो । यसअघि उनी अघिल्लो महिना प्रदर्शित भएको चलचित्र दाल भात तरकारीको एउटा आइटम गीतमार्फत दर्शकमाझ आएकी थिइन् । 

प्रकाशित :जेष्ठ १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्