विराटनगरमा आईसीटी  स्टार्टअप एन्ड इन्नोभेसन मेला 

- साप्ताहिक संवाददाता

जेष्ठ १२, २०७६

आईसीटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको पहिलो श्रृंखला विराटनगरमा सम्पन्न भएको छ । ‘फ्युज मेसिन्स नेपाल आईसीटी स्टार्टअप एन्ड इन्नोभेसन मेला–२०१९ इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिस’ शीर्षकको ऊक्त मेला गएको शुत्रबार र शनिबार विराटनगरस्थित होटल इस्टर्न स्टारमा सञ्चालन गरिएको थियो । 

मेलाको दोस्रो तथा अन्तिम दिन आईसीटी कन्फ्रेन्स सम्पन्न गरियो ।

कन्फ्रेन्समा स्टार्टअप र स्थानीय उद्यमीहरूका लागि चुनौती र अवसरका साथै एआई, आइओटी, साइबर सेक्युरिटी, ड्रोनलगायतका पछिल्ला प्रविधि एवं ट्रेन्डका विषयमा विभिन्न विज्ञले प्रस्तुति दिएका थिए ।

कन्फ्रेन्समा १ सय ५० भन्दा बढीको सहभागिता थियो । त्यसैगरी मेलाको अवसरमा सञ्चालित सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवाका ४० भन्दा बढी स्टल थिए । उक्त प्रदर्शनी हेर्न उल्लेख्य मात्रामा स्कुल कलेजका विद्यार्थीसहित सूचना प्रविधिप्रेमी युवा, व्यवसायी, उपभोक्ता आदि आएको जानकारी मेला संयोजक राजन लम्सालले दिएका छन् । 

यो मेलाको अर्को श्रृंखला प्रदेश नम्बर–५ को बुटवलमा जेठ १० र ११ गते सञ्चालन हुनेछ भने प्रदेश नम्बर–३ को नारायणगढमा जेठ १७ र १८ मा मेला आयोजित हुनेछ ।

प्रकाशित :जेष्ठ १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्