हङकङमा आर्यन र भोलाको चचहुई

- अनोज रोक्का

जेष्ठ ९, २०७६

हङकङलाई पृष्ठभूमि बनाएर धेरै नेपाली म्युजिक भिडियो, लघुफिल्महरु बनेका छन् । पहिलोपटक हङकङको कथालाई हङकङकै पृष्ठभूमिमा राखेर चलचित्र निर्माण गरिएको छ चचहुई ।

एजिएल ईन्टरटेन्मेन्टको ब्यानरमा अमृत घोले लामाले पहिलोपटक चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा हङकङ र नेपालको कथा, फ्रेन्डशिप, कमेडी लगायतका फुल प्याकेज समावेश गरिएको निर्देशक साम्तेन भुटियाले बताए ।

‘चलचित्रको कथाले हङकङको सङ्घर्ष र नेपालको प्रेम सम्बन्धलाई जोड दिएकाले हामीले हङकङमा केहि प्रतिशत छायांकनका लागि रोज्यौं,’ निर्देशक साम्तेनले भने, ‘प्रविधी प्रयोग गरि विदेशको पृष्ठभूमि देखाउँनु भन्दा लगानीमा सम्झौता नगरि वास्तविक देखाउँनका लागि हङकङ आएका हौं।’

हङकङमा लानताउ, नर्थप्वाईन्ट, मुईयो, गार्डेन हिल लगायतका ठाउँमा सुटिङ गरिएको चलचित्र चचहुईलाई नेपालमा मुस्ताङ, काठमाडौ, पोखरामा खिचिएको थियो । चलचित्रको ९५ प्रतिशत छायांकन सकिएको छ । चलचित्रलाई सुसन प्रजापतिले खिचिरहेका छन् । 

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । निर्माण पक्षले बताए अनुसार यो चलचित्र २०७६ सालमै सार्वजनिक हुन सक्नेछ । चलचित्रमा आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ लगायतको अभिनय रहेको छ ।

प्रकाशित :जेष्ठ ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्